Deprecated: Required parameter $number follows optional parameter $query_type in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/functions/post-functions.php on line 815

Deprecated: Required parameter $output follows optional parameter $depth in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Required parameter $the_post follows optional parameter $sub_title in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 85
एक लोटा पानी झिक्दैमा समुन्द्र सुक्दैन ः मन्त्रि अर्याल – मेरो दृष्टि
headline 1देशमोफसल

एक लोटा पानी झिक्दैमा समुन्द्र सुक्दैन ः मन्त्रि अर्याल

मेरो दुष्टि सम्बादाता

 कृषि तथा पशुपंक्षी पन्त्री पद्मा कुमारी अर्यालले एक अंखोरा पानि झिक्दैमा समुन्द्र नसकिने बताउनु भएको छ । स्याङ्जाको हरिनास गाँउकमिटिद्धारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले पदको लोभले केही नेताले बाहिर भेला गर्देमा नेपाल कम्युनिस्ट पार्टी नसकिने दावी गर्नुभएको हो । नेकपा केन्द्रिय सदस्य समेत रहनुभएकी अर्यालले बर्तमान समयमा कसैले फरक प्रतिक्रिया दिँदै आइरहेता पनि अहिले सम्म पार्टी नफुटेको र फुटाल्न पनि नसक्ने मन्त्री अर्यालको भनाइ थियो । पाँच वर्षका लागि जनताले चुनेर पठाएको ओलीले नेतृत्व सरकारलाई पार्टी भित्रैका पदलोलुप नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेकै कारण प्रतिनिधिसभा विघटन गर्नु परेको बताउनु भएको छ । ५ वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टी र परिवार केन्द्रित नेताले चारैतिरबाट घेराबन्दी गरेपछी प्रधानमन्त्रीले जनता माँझ जाने निर्णय गरेको बताउनुभएको हो । जनता माँझ जाने प्रधानमन्त्रीको निर्णय लोकतान्त्रिक भएको भन्दै निर्वाचन संग डराउने केही तत्वहरुले निर्वाचनको विरोध गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आगामी बैसाख १७ र २७ गतेको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै पार्टीलाई एकताबद्ध बनाउँदै चुनामी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । कम्युनिस्ट पार्र्टी विचारबाट निर्देशित भएको पार्टी रहेता पनि पद, पावरकै लागि मात्र ओली नेतृत्वको सरकार चारैतिरबाट घेराबन्दीमा परेको बताउनु भएको हो । नेपाली जनताले विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपा भित्रै ठूला नेताहरुले राष्ट्रपतीलाई महा अभियोग लगाउने सम्मको तयारी गरी हस्ताक्षर गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको समेत मन्त्री अर्यालले बताउनुभयो । यसैबीच मन्त्री अर्यालले सत्तारुढ दल नेकपा विभाजनका सन्दर्भमा अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभएको छ । मन्त्री अर्याले सत्तारुढ नेकपा विभाजन भएर दुईवटा समूह बनेतापनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभयो ।
Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.