headline 1देशमोफसल

मन्त्री अर्यालको रणनितिक सडक योजना, गण्डकी र लुम्बीनी जोड्ने सडक कालोपत्रे शिलन्यास गर्नुहुँदै

स्याङ्जा ९ फागुन नारायण चापागाँइ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले प्रदेश नं. ४ र ५ जोड्ने सडकको कालोपत्रे गर्ने कार्यको शिलन्यास गर्दै हुनुहुन्छ । मन्त्री अर्यालले यही फाल्गुन ९ गते गण्डकी प्रदेशको स्याङ्जा र लुम्बीनी प्रदेशको गुल्मी जोड्ने रणनितिक सडकको कालोपत्रे गर्ने कार्य शुभारम्भ गर्दै हुनुहुन्छ ।

वालिङ भुम्रे–डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतिबेणी तथा गुल्मी जोड्ने सडक कालोपत्रे कार्यको शिलन्यास गर्नुहुँने कार्यक्रम रहेको छ । पहिलो चरणमा ४० करोडको बहुबर्षीय सडक योजनाले दुई प्रदेशलाई जोड्नेछ ।

सडक योजनाले यहाँको धार्मिक स्थलहरुलाई पर्यटनसंग जोड्नेछ भने दुई प्रदेशको व्यापार व्यवसायलाई सुदृढ बनाउने देखिन्छ । मन्त्री अर्यालले फाल्गुन ९ गते दिउँसो १ बजे उक्त सडकको कालोपत्रे शिलन्यास गर्ने कार्यक्रम रहेको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.