वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अव हामी प्रविधिमैत्री काममा जोड दिन्छौं ।”
वालिङ मेरो दृष्टि सम्बादाता
वालिङमा आयोजित एक कार्यशालाका सहभागी कृषक तथा नवउद्यमीहरुले अव प्रविधिमैत्री काममा जोड दिने बताएका छन् । उनीहरुले प्रविधिलाई प्रयोग गरेर काम गर्दा लागत कम लाग्ने र उत्पादन धेरै हुने बताएका हुन । उनीहरुले उत्पादनको सहज बजार व्यवस्थापन,जंगलीजनावरबाट बालीनालीको सुरक्षा, प्रबिधिमैत्री काम लगायतमा जोड दिएका थिए ।
कृषक तथा उद्यमीहरुले आफ्ना समस्याको पहिचान कसरी गर्ने,अरुसँग तुलना कसरी गर्ने र संयुक्त तथा एकल समाधान कसरी खोज्ने भन्ने बिषयमा छलफल गरेका थिए ।
कार्यक्रममा अति प्राथमिकता दिनुपर्ने समस्यालाई पहिचान गर्ने र अरुसँग सहकार्य गरी समाधान गर्ने उपायका बारेमा जानकारी गराईएको थियो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत डिजाईन थिङ्किङ वर्कशप फर बिजनेश ईन्कुवेशन कार्यक्रम गरिएको हो । कार्यक्रमको समन्वय वालिङ नगरपालिकामा सञ्चालनमा ल्याईएको उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईविकले गरेको थियो ।
कार्यशालामा सहजीकरण गर्दै काठमाण्डौं बिश्वबिद्यालयका सहायक प्राध्यापक रोशी लामिछानेले व्यवशाय प्रवद्र्धनमा नविनतम सोचको प्रयोग,काम गर्ने क्रममा देखापर्ने समस्याको सही र सहजरुपमा निराकरण,समस्या र समधानका फरक फरक तरिकाबाट समाधानको प्रयास लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उद्यमशीलताका अभियान्ता तथा स्तम्भकार दिनकर नेपालले समेत सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा ‘स्टार्टअप’ का रुपमा रहेका उद्यमीहरु,नगरपालिकाका शाखा प्रमुखहरु लगायतको सहभागीता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्