गण्डकी प्रदेशको ११ वटै जिल्लामा शिक्षा पत्रकार समाजको संयोजक चयन

संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालले टिका लगाएर स्वागत गर्दै पत्रकारिताको क्षेत्रबाट शिक्षा क्षेत्रमा देखिएको समस्याको समाधान गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

मेरो दृष्टि संवाद्दाता
स्याङ्जा , ०४ चैत्र
गण्डकी प्रदेशमा शिक्षा पत्रकार समाज गठन गरिएको छ । प्रदेशको ११ वटै जिल्लामा समाजले पूर्णता पाएको शिक्षा पत्रकार समाजका प्रदेश संयोजक केशव पाठकले जानकारी दिए । गण्डकी प्रदेशको सह—संयोजकमा नेपाल टेलिभिजनका संवाददाता पर्शुराम शर्मा चयन भएका छन् ।
मंलवार शिक्षा पत्रकारसमाजका प्रदेश संयोजक केशव पाठकको संयोजकत्वमा बसेको भेलाले प्रदेशको स—संयोजक सहित ,सदस्य सहित जिल्लाको जिम्मेबारी दिईएको हो । जसमध्य प्रकाशचन्द्र भट्टराई (तनहु ) , तारा चापागाई(कास्की ) , जुना थापा ( कास्की ) अनुज घिमिरे (लमजुङ ) , हरि प्रसाद सुवेदी —सुशील—( स्याङ्जा ) , माया अधिकारी ( पर्वत) , खेमराज गौतम ( बागलुङ ) , लक्ष्मी प्रसाद पंगेनी ( नवलपुर ) , सन्तोष गौतम ( म्याग्दी ) , नविन लामिछाने ( मनाङ ), एक.के थकाली ( मुस्ताङ ) र अश्विन दानी ( गोरखा ) लाई प्रदेश सदस्य तथा जिल्ला संयोजक चयन गरिएको छ । यस्तै संस्थाको सल्लाहकारमा हरिप्रसाद बास्तोला (कास्की) , राजेन्द्र पहाडी (पर्वत) , रोहर्शन पौडेल (कास्की) र भवानी अधिकारी (स्याङजा) लाई चयन गरिएको छ ।
कोभोलिन्टर सर्भिस ओभर्सिज ( भिएसओ ) नेपाल र आसमान नेपालको सहयोगमा आयोजना गरिएको शिक्षा पत्रकार समाजको गण्डकी प्रदेशस्तरीय नीतिगत बहस कार्यक्रममा सो टिमको घोषणा गरिएको हो ।
नवगठित समिति तथा सल्लाहकारहरुलाई संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालले टिका लगाएर स्वागत गर्दै पत्रकारिताको क्षेत्रबाट शिक्षा क्षेत्रमा देखिएको समस्याको समाधान गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.