समाज सेवी शिव डुम्रे द्धरा २२ थान अक्सिजन सिलिन्डर प्रदान

खेम प्रसाद खनाल,बैसाख २६

स्याङजा वालिङका हार्डवयर व्यपारी एवं समाजसेवी शिव डुम्रेले कोभिड नियन्त्रणको निम्ति २२ थान अक्सिजन सिलिन्डर प्रदान गर्नु भएको छ । विश्वभर महामरीको रुपमा फैलीएको कोरोना भाइरसको महामारीमा देशभर अक्सिजन सिलिन्डरको अभाव भइरहकोे अवश्थामा समाजसेवी डुम्रेले वडा प्रहरी कार्यालय वालिङलाइ लाइ खबर गरेर आफु संग रहेको २१ थान ठुलो र १ थान सानो खाली अक्सिजन सिलिन्डर दिनु भएको हो । स्थानिय अस्पतालमा कोरोनाको विरामी भरिदै जान थालेको र अक्सिनजको अभावले पोखरा ,पाल्पा रिफर गर्नु पर्ने बाध्यता आउन सक्ने भन्दै आफुले खाली अक्सिजन सिलिन्डर स्थानिय अस्पताललाइ प्रयोग गर्न दिएको समाजसेवी डुम्रेको भनाइ छ । उक्तm अक्सिजन सिलिन्डरले आफुलाइ केही आम्दानी दिने भएता पनि महामरीे अवश्थामा पैसाको पछि भन्दा पनि मानव सेवा गर्नका निम्ति अक्सिजन सिलिन्डर प्रयोग गर्न दिएको व्यपारी डुम्रेकोे भनाइ छ । डुम्रेले वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरी पौडेललाइ आफै फोन गरेर अक्सिजन सिलिन्डर जिम्मा लगाएका हुन् । देशमै अक्सिजन सिलिन्डर अभाव भइरहेको अवश्थामा लुकाएर राखीएको अक्सिजन सिलिन्डर खोज्न निर्देसन पाइरहेको अवश्थामा व्यपारी आफैले फोन गरेर अक्सिजन सिलिन्डर लैजान आग्रह गरेपछि छापा मार्नु पर्ने बाध्यता हटेको पौडेलको भनाइ छ । पौडेलको अनुसार शिव डुम्रे बाट सानो ठुलो गरी २२ थान र मधिखोलामा रहेको विश्वकर्मा ग्रिल तथा कृषि औजार उधोग बाट भरी ३ थान गरि २५ वटा अक्सिजन सिलिन्डर जम्मा गरेको पौडेलको भनाइ छ । उक्तm खाली अक्सिन सिलिन्डर पोखराको कालीगण्डकी अक्सिजन उधोगमा भर्न पठाइएको पौडेलको भनाइ छ । पौडेलका अनुसार उक्तm अक्सिनज सिलिन्डर भरी गरेर पोखरा बाट पठाइसकेको र आज साँझ ८ बजे सम्म वालिङ आइपुग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.