वालिङ १० का वडा अध्यक्ष गैह्रेको गाडी कोरोना संक्रमितको उपचारमा

२०७८ बैशाख २६ गते, आईतवार

वालिङ,२६ वैशाख– वालिङ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले आफ्नो निजी सवारी साधन कोरोना संक्रमणका कारण समस्यामा परेका बिरामीलाई अत्यवश्यक परेको बेलामा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड १९) को दोस्रो चरणको संक्रमण जिल्लामा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला भर निषेधाज्ञा जारी गरेसंगै यातायातका सवारी साधन पूर्ण रुपमा बन्ध भएकाछन् भने कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै जादा बिरामीले सवारी साधनको अभाबमा उपचार गर्नको लागि अस्पताल जानबाट बञ्चित हुनुपर्ने अवस्था नआओस भन्ने उद्देश्यले आफु चढ्दै आएको ग ३ च १३७७ नम्बरको सवारी साधन आवश्यक परेको अवस्थामा कोरोना संक्रमितको उपचारको लागि उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष गैह्रेले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना संक्रमित बिरामीको लागि मेरो सवारी साधन मात्रै नभएर सवारी चालक र अक्सिजन समेत निशुल्क उपलब्ध गराउन प्रतिबद्धछु ।”

अध्यक्ष गैह्रेले आफ्नो सो सवारी साधन आइतबार वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई प्रहरी कार्यालयको माताहतमा रहेर सञ्चालनको लागि उपलब्ध गराएको समेत बताउनुभयो । पालिकाभित्र अस्पताल र अन्य संस्थाको एम्भुलेन्स भए पनि अध्यक्ष गैह्रेले आफ्नो सवारीलाई अत्यवश्यक विरामी ओसारपसारमा थप सहयोग पुगोस भनेर यस्तो निर्णय गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.