Deprecated: Required parameter $number follows optional parameter $query_type in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/functions/post-functions.php on line 815

Deprecated: Required parameter $output follows optional parameter $depth in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Required parameter $the_post follows optional parameter $sub_title in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 85
फेदीखोला गाउँपालिकाका विद्यार्थीको नतिजा अनलाइनबाट प्रकाशन – मेरो दृष्टि
headline 1गण्डकी

फेदीखोला गाउँपालिकाका विद्यार्थीको नतिजा अनलाइनबाट प्रकाशन

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी भन्छन् , ‘कोरोनाको महामारी छ , यस्तो जोखिममा पनि परीक्षाफल अनलाईन बाट सार्वजनिक गरेका छौँ । विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र पनि डाउनलोड गरेर प्राप्त गर्न सक्नेछन् । ’

सुशील सुवेदी
स्याङ्जा , जेठ ०६

फेदीखोला गाउँपालिकाका विद्यार्थीले घरमै बसेर मोबाईल मार्फत आफ्नो परीक्षाफल र लब्धाङ्क पत्र पाउने भएका छन् । दोस्रो चरणको भेरियन्ट सहितको कोरोना भाइरसले शैक्षिक क्षेत्र प्रभावित बनाएको बेला फेदिखोला गाउँपालिकाको शिक्षा शाखाले अनलाईन मार्फत कक्षा ८ को नतिजा प्रकाशन गरेको हो ।

दोस्रो चरणको भेरियन्ट सहितको कोरोना भाइरसले शैक्षिक क्षेत्र समेत नराम्रोसँग असर गरेको छ । विभिन्न विद्यालयले बैकल्पिक पठनपाठनको. शिक्षण विधि अवलम्बन गरेका छन् । तर स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षण विधिमात्र होईन नतिजा समेत वैकल्पिक विधिबाट प्रकाशन गरेको हो । फेदीखोला गाउँपालिकाको शिक्षा शाखाले कक्षा ८ को नतिजा पनि अनलाइन मार्फत नै प्रकाशन गरेको हो ।

शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन सफटवेयरको प्रयोग गर्दै परीक्षाफल अनलाईन मार्फत गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए। गाउँपालिकाले गत वर्ष पनि कोरोनाको जोखिम भएको बेला अनलाईन मार्फत नै नतिजा प्रकाशन गरेको थियो । घरमै बसेर नतिजा र लब्धाङ्क पत्र हेर्न पाउनेभएपछि विद्यार्थीलाई सहज भएको अध्यक्ष सुवेदीको भनाई छ । उनी भन्छन् , ‘कोरोनाको महामारी छ , यस्तो जोखिममा पनि परीक्षाफल अनलाईन बाट सार्वजनिक गरेका छौँ । विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र पनि डाउनलोड गरेर प्राप्त गर्न सक्नेछन् । ’

गाउँपालिका भित्र रहेका ११ विद्यालयमा अध्यानरत २३० जना कक्षा ८ का विद्यार्थीले घरमै बसेर मोबाईलबाट आफ्नो नतिजा हेर्न पाउने भएपछि विद्यार्थी मात्र होइन अभिभावक पनि खुसी भएका छन् । पालिकाको आधिकारिक वेभसाइट लिंकमा गएर आफ्नो नतिजा हेर्न सकिनेछ । नतिजा हेर्न विद्यालयमै पुग्न पर्ने बाध्यता वा समस्यालाई सफ्टवेयरले समाधान गरेको छ । शैक्षिक वर्ष ०७६/७७ मा अनलाईन सफ्टवयरको विकास गरि नतिजा प्रकाशन गरेको पालिकाले यस बर्ष सफ्टवयरमा थप परिमार्जन गरेको छ । कोरोना महामारीको कक्षा ८ को मात्र होइन अन्य कक्षाको नतिजा पनि अनलाईन मार्फत गराउन लागिएको शिक्षा शाखाले जनाएको छ ।

 

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.