स्याङ्जा जिल्ला अर्जुनचौपरी गाउपालिका वडा न २ स्थित घडेरी भन्ने स्थानमा चट्याङ लागि एक जना किशोरको मृत्यु भएको छ । आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा पुर्ण बहादुर गुरुङका छोरा बर्ष १५ का रोहित गुरुङको आज बिहान ५:३० बजे परेको चट्याङले मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलि घटनास्थल तर्फ जाँदै रहेकाले चट्याङको थप क्षेतको विवरण भने आउन बाकी छ ।