headline 1कृषि

बाख्रा पकेट क्षेत्र विस्तार गर्दै हरीनास

मानन्धर भन्छन् ,‘आयात प्रतिस्थापन गर्दै , निर्यातमा वृद्धि गराउन कृषक व्यवसायिक बन्न आवश्यक छ ।उत्पादन गर्नुहोस् कार्यक्रम र बजारको ग्यारेन्टी हामी गर्छौ ।’

सुशील सुवेदी
स्याङ्जा , असार २१

कृषकलाइ बाख्रा पालनमा आकर्षण बढाउन हरीनास गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गरेको छ । २५० भन्दा बढी कृषकलाई व्यवसायिक बनाउन बाख्रा पकेट क्षेत्र र लागत साझेदारीमा बाख्रा प्रवद्र्धन कार्यक्रम संचालन गरिएको हो ।

कृषि क्षेत्रमा माटो र वातावरण सुहाउँदो सम्भावित क्षेत्र पहिचान गर्दै ४ नं वडालाई बाख्रा पकेट क्षेत्र विस्तार गरिएको हो ।

समुहमा आधारित कार्यक्रम अन्तर्गत ११० जना कृषक आवद्ध रहेको राधब पशुपंक्षी तथा एकीकृत कृषि समुहलाइ पकेट क्षेत्रको रुपमा विस्तार गरिएको हो । यस्तै २ नं वडाको गैरीसुवांरा बहुउद्धेश्यीय कृषक समुह र ४ नं वडाको सूर्यमुखी बाख्रा पालन तथा कृषि समुहलाई लागत साझेदारीमा बाख्रा प्रवद्र्धन कार्यक्रममा समावेश गरिएको छ । लागत साझेदारीमा बाख्रा प्रवद्र्धन कार्यक्रममा मात्र १५० जना कृषक आवद्ध रहेका छन् ।

समुहमा आवद्ध कृषको टोलटोलमा बोका वितरण गर्ने , माउ—बाख्रा वितरण गर्ने , खोर निर्माण गर्ने जस्ता काम भैरहेको पशु शाखा संयोजक झलक सुवेदीले बताए ।

पशु स्वास्थ्य शिविर संचालन गर्ने , घासको बीउ तथा बेर्ना वितरण गर्ने जस्ता कार्यक्रम सहित अगामी योजनामा भकारो सुधारको कार्यक्रम ल्याइने गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले बताए ।
‘बाहिर बाट आयात गरिने खसी बोकाले रोग सँगै परनिर्भरता भित्र्याएको छ ।’मानन्धर भन्छन् ,‘आयात प्रतिस्थापन गर्दै , निर्यातमा वृद्धि गराउन कृषक व्यवसायिक बन्न आवश्यक छ ।उत्पादन गर्नुहोस् कार्यक्रम र बजारको ग्यारेन्टी हामी गर्छौ ।’

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.