झुटा समचार प्रकासन गरेर सिद्याउने दिवा सपना नदेखे हुन्छ पुर्व मन्त्री अर्याल

मेरो दृष्टि सम्बादाता साउन २०

पुर्व मन्त्री पद्माकुमारी अर्यालले केही सञ्चार माध्ययमा आफुलाई जोडेर समाचार प्रकाशन भएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएकी छन् ।

पुर्व मन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी अर्यालले आफु भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा झापाको गिरिबन्धु टि स्टेटको फायल सम्बन्धि कुनै निर्णय नगरेको बताउदै प्रमाणित गर्न चुनौती समेत दिएकी छन् । पुर्व मन्त्री अर्यालले भनिन्, “राजनीतिक रुपमा बैचारिक मतभेदका कारण कसैलाई सिध्याउने उद्देश्य राखेर तथ्यहिन समाचार सम्प्रेषण गर्नेहरुलाई मैले निर्णय गरेको या हस्ताक्षर गरेको प्रमाणीत गरेर देखाउन म चुनौती दिन चाहान्छु ।”

अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यस्ता गैरजिम्मेवार मिथ्या र कपोलकल्पित समाचार प्रकाशन गरी मेरो राजनीतिक र सामाजिक जीवन समाप्त पार्न सक्छु भन्ने कसैलाई लागेको छ भने त्यो दिवा सपना हुनेछ । भौतिक रुपमा यो धर्तीमा रहँदासम्म देश र जनताप्रति समर्पित रहनेछु तर धोका दिने छैन ।

नियम र कानून भन्दा बिपरित कुनै पनि अनुचित कार्यबाट एक रुपैयाँ पनि राज्यबाट बढी नलिएको र यो आफ्नो दृढ संकल्प भएको समेत बताएकी छन् । साथै पुर्व मन्त्री अर्यालले सम्पुर्ण शुभचिन्तकहरुलाई कुनै भ्रममा नपर्न समेत आग्रह गरेकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.