विदेशीको इसारामा आफ्नै पार्टीका नेताले पार्टीलाई सिध्याउन लागि परे मन्त्री अर्याल

मेरो दृष्टि सम्बादाता, भदौ ४

कृषि तथा पशुपंक्षी मन्त्री पद्मा कुमारी अर्यालले विदेशीको इसारामा आफ्नै पार्टीका नेताले आफ्नै पार्टीलाई सिध्याउन लागि परेको आरोप लगाउनु भएको छ । वालिङ साना किसान कृषि सहकारी सस्थाले गरेको अनुदान सामाग्री तथा खर्च सार्वजनिकीकरण कार्याक्रममा बोल्दै मन्त्री अर्यालले केपी ओली सरकारको लोकप्रिय कामले प्रतिपक्ष दल खुट्टा कमाइ सकेको अवश्थामा प्रतिपक्ष दल र विदेशी सक्तिको इसाराले यो परिस्थििति सृजभा भएको मन्त्री अर्यालको भनाइ थियो । जनताको मतको कदर गर्दे चुच्चे नक्सा, रेलमार्ग ,सुरुङ ,मार्ग,कोरोना भ्याक्सीन लगाएत अन्य जनमुखी काम गर्दे आइरहेको सरकारलाइ यो परिस्थितिमा पुय्राउनुमा कस्को कति दोष भन्ने कुरा जनताले मनन् गरिसकेकाले ती पात्रहरुलाइ निकटम भविश्यमा महङगो पर्ने मन्त्री अर्यालको दाबी थियो । आफु भुमी व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालयमा रहदा छुट्याएको बजेटको हिसाब किताब आम सर्बसाधरण सामु पेश गर्ने वालिङ साना किसान कृषि सहकारी सस्थालाइ धन्यवाद प्रकट गर्दे अन्य सहकारीहरुले पनि यस्तो कामको अनुसरण गर्नु पर्ने मन्त्री अर्यालको भनाइ थियो । वालिङ साना किसान कृषि सहकारी सस्थाले भुमी व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालय बाट आएको सत्तरी लाख र सहकारीको बाह« लाख गरि बहत्तर लाखको कार्यक्रम गरेको थियो । सहकारीले बहत्तर लाख मध्य एक डेरीको स्थापना ,एक साय पच्चिस टनेल,दुइ वटा नर्सरी टनेल,छ वटा हाते ट्याक्टर,छ वटा मिल,कुखुराको चल्ला,तालिम र फलफुल विरुवा वितरण गरेको सस्थाकी अध्यक्ष सिता डुम्रेको भनाइ छ । सस्थाकी अध्यक्ष सिता डुम्रेले पेश गरेको प्रतिवेदन उपस्थित सम्पुर्ण सेयर सदस्यहरुले तालि बजाएर पास गरेका थिय । ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.