देशकै पुरानो एवम् प्रमुख पार्टी नेपाली कांग्रेसको अधिबेशनले देशकै राजनीतिक माहोल तातिरहेको बेला यसको प्रभाव स्याङ्जा जिल्लामा पनि उत्तिकै परेको छ । जिल्लाको सदरमुकाम स्थिति सबैको चासोको रुपमा रहेको पुतलीबजार नगरपालिकाको नगर सभापतिमा सुरज कुमार अधिकार चयन भएका छन् । निकटतम प्रतिद्वन्दी बिक्रान्त श्रेष्ठलाई १२४ मत्तान्तरले हराउदै अधिकार नगर सभापति बनेका हुन । कुल ३४६ मत मध्य अधिकारिले जम्मा २३२ मत प्राप्त गर्दै विजयी भएका हुन । बौद्धिक तथा तार्किक उदाउँदो नेताका रुपमा आफुलाइ स्थापित गराउन सफल अधिकार युवा नेता तथा जनप्रतिनिधि पनि हुन।
लामो समय शिक्षण पेशामा बिताएका अधिकारि विद्यार्थी कालदेखि नै राजनीतिमा लागेका थिए । विजयी भएपछिको कुराकानीमा उनले विपिको अदर्श, निष्ठा र समर्पणबाट प्रेरित हुँदै राजनीतिलाई सेवाका रुपमा लिएको बताउदै पार्टी भित्र सबैलाई मिलाइ आउने दिनमा नेपाली कांग्रेस पुतलीबजार नगरपालिकालाई एक ढिक्का बनाएर लाने प्रतिबद्धता व्यक्त गरेका छन् ।