headline 1गण्डकीराजनीति

फेदीखोलाको विज्ञप्ती : हल्लाको पछि नलागौँ

सुशील सुवेदी
स्याङ्जा , २३ माघ
स्याङ्जाको फेदिखोला गाउँपालिकाले समाचार र पत्रकार को विश्वसनियता माथि प्रश्न चिन्ह खडा भएको बताएको छ । पालिकाले आईतवार प्रेस विज्ञप्ती जारी गर्दै आरोपित पक्षको भर्सन समेत नलिई समाचार प्रकाशित गरिनु सरासर गलत भएको बताएको हो ।
गत माघ २२ गते जनआस्था साप्ताहिकमा प्रकाशित ‘फेदीखोलाका अध्यक्षले भालूपहाड पनि छाडेनन्’ शिर्षकको समाचारप्रति ध्यानाकर्षण जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ , ‘गाउँपालिकाको महत्वकांक्षी योजनाको रुपमा रहेको भालुपहाड पर्यटकीय पुर्वाधारको काम क्रमागत रुपमा संचालन भइरहेको र अध्ययन प्रतिवेदन तयारी लगायत गाउँपालिकाबाट भएका सबै खरिदका कार्यहरु सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुरुप भएका छन् । ’
पालिकाले भालु पहाडलाई आधुनिक पार्क सहितको पर्यटकिय गन्तव्य स्थल बनाउन डिपिआर सहित क्रमागत पूर्वाधारको कार्यक्रम शुरु गरेको छ । तर पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको सिमा विवादको कारण योजना अनुरुप अघि बढ्न सकेन ।
‘यही विषयलाई लिएर मेरो तस्बिर सहित समाचार प्रकाशित गरिनु मेरो चरित्र हत्याको प्रयास हो ,’ पालिका अध्यक्ष घनश्याम सुवेदी भन्छन् ,‘ गाउँपालिकाको कार्यसम्पादनको विषयमा सुचना लिन खोज्ने जो कोहीलाई सुचना अधिकारीमार्फत माग भएको सुचनाहरु नियमित प्रदान गरिएको छ । सुचना , तथ्याङ्क विना कुनै व्यक्तिगत तथा समुहगत फाइदाको लागि नियोजित रुपमा फैलाइएको भ्रमले उक्त सञ्चारमाध्यमको चरित्र उदांगो पारेको छ ।’
स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै फेदीखोला गाउँपालिकाले जिल्लामा मात्र नभई गण्डकी प्रदेशमा नै नमुना कार्यक्रमहरु अघि सारेको स्थानीयको भनाई छ । मजदुरहरुको पारिवारीक सुरक्षाको लागि मजदुर संचीत कोष यहाँको लोकप्रिय कार्यक्रम बनेको थियो । प्रत्येक मजदुरलाई पालिकाले ज्याला तोक्ने र तोकिएको ज्यालाको १५ प्रतिशत रकम मजदुरको खातामा राखिदीने कार्यक्रमले मजदुरका परिवारलाई सुरक्षित बनाएको छ ।
यस्तै उत्पादनमा आधारित कृषिमा अनुदान , उत्पादीत बस्तुको न्यूनतम समर्थन मुल्य , कृषि उपज खरिद गर्न कृषि एम्बुलेन्स र बाँझो जग्गा खेतबारी उपभोग कार्यक्रमले यहाँका कृषकहरु निकै उत्साहित बनेका छन् ।
शिक्षाको क्षेत्रमा अध्यक्ष आँफैले आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमा पढाउन पठाएसँगै यहाँका अभिभाबक सामुदयिक विद्यालय प्रति आकर्षित भएका छन् । विद्यार्थीको समस्यमा बुझ्न अध्यक्ष आँफै विद्यालय पुग्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकासिएको छ । पालिकाले ४० प्रतिशत बजेट नै शैक्षिक गुणस्तर सुधार्नको लागि विनियोजन गरेर कार्यक्रम अघि सारेको छ ।
यसरी उत्कृष्ट कार्यक्रम संचालन गरेको स्थानीय तहलाई भ्रमित बनाउन मिंथ्यांकलाई आधार बनाइएको प्रति पालिकाले ध्यानाकर्षण जनाएको हो । पालिका विज्ञप्ती मार्फत भनेको छ , ‘ सिंगो गाउँपालिकालाई बद्नियत गराउने उद्देश्यले प्रेसित कपोलकल्पित समाचारलाई विश्वास नगर्नुहुन अनुरोध छ । ’

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.