कोईरालाको पहलमा बिनियोजित रकमबाट चापाकोटमा मगर समाज भवनको शिलान्यास

मेरो दृष्टि संवाददाता

स्याङ्जा,माघ २४

विकास को हिसाबले निकै सम्भावना बोकेको चापाकोटमा सुविधा सम्पन्न समाज घर वन्ने भएको छ । नेकपा एमाले चापाकोट नगर अध्यक्षले उक्त समाज घरको शिलन्यास गरेका छन् । यहाँका मगर समुदायलाई लक्षित गर्दै कान्छिबजार मगर समाज भवनको आइतबार शिलान्यास गरिएको हो ।

चापाकोट नगरपालिका- १० कान्छिबजारमा निर्माण हुन थालेको भवनको शिलान्यस गर्दै अध्यक्ष कोईरालाले नगरपालिकालाई नमुना नगरपालिका बनाउने गरी काम भइरहेको बताए।

चापाकोटमा स्पष्ट विकास को मोडेल आवश्यक रहेको बताउँदै कोइराला भन्छन् ,’चापाकोटको समग्र बिकास स्याङ्जाकै गौरव वन्ने थियो , तर राजनैतिक स्वार्थ को कारण स्थानीय सरकारले प्रभावकारी काम देखाउन सकेन । ‘

कोईरालाको पहलमा सामाजिक बिकास मन्त्रालयबाट बिनियोजित रकमबाट मगर समाज भवन निर्माण हुन थालेको स्थानीयबासीले जानकारी दिए।

कोईरालाको पहलमा चापाकोटमा यस्ता थुप्रै योजनाहरू सञ्चालनमा आएका छन।

एकअर्को प्रसंगमा युवा नेता कोइरालाले कालिगण्डकि करिडोर र रामपुर तथा चापाकोटलाई जोड्न विभिन्न ठाउँमा बनेको पुलहरुले चापाकोटको बृहत गुरुयोजना संग तालमेल गर्ने बताए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.