headline 1बिश्व

स्याङ्जाका श्रेष्ठ बने न्यूजील्याण्ड हस्पिटालिटी च्याम्पियनसिप जित्ने पहिलो नेपाली

गोविन्द खनाल
कार्तिक ०१

प्राय उच्च शिक्षाको लागि बाहिरी मुलुक जाने विद्यार्थिको पहिलो उदेश्य आम्दानीसँग जोडिएको हुन्छ । शैक्षिक भिषामा बाहिर जाने तर गुणस्तरीय शिक्षा भन्दा रोजगारी नै प्रमुख रोजाइ बन्ने गर्दछ , यस्ता विद्यार्थीहरुको । पछिल्लो समय दश जोड दुइ अध्यायन सकेर अमेरीका , अष्ट्रेलीय , न्यूजील्याण्ड तथा अन्य युरोपीयन मुलुक जान चहाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । तर आफ्नो सिपलाई सफलता सँग जोड्ने विद्यार्थी कमै भेटिन्छन् ।
तर , स्याङ्जा वालिङका एक विद्यार्थिले आफ्नो शैक्षिक यात्रालाई विश्वभरी चिनाउने होडमा लागि परेका छन् ।
न्यूजील्याणड हस्पिटालिटी च्याम्पियनसिप २०२२ जित हासिल गरेर स्याङ्जा वालिङ् –९ का कमल श्रेष्ठले आफुले विदेशमा लिएको उच्च शिक्षाबाट परिचित बनेका हु्न् ।

न्यूजील्याण्ड शेफ एसोसियसनद्वरा आयोजना गरिएको न्यूजील्याण्ड हस्पिटीलिटी च्याम्पियनसिप २०२२मा श्रेष्ठले आफ्नो सिप र खुबिलाई प्रतियोगिता मार्फत प्रदर्शन मात्र गराएनन् साथै गोल्ड मेडल चुम्ने पहिलो नेपाली समेत बने ।
सन् २०११ मा होटल म्यानेजमेन्ट अध्यायनका लागि न्यूजील्याण्डको गभर्नमेन्ट पोलिटेकमा जोडिएका श्रेष्ठले आफ्नो उच्च शिक्षा संगै हस्पिटालिटि सेक्टरको क्षेत्रमा थुप्रै अवार्ड र सम्मान प्राप्त गरिसकेका छन्।

तर हालको यो अवार्ड भने न्यूजल्याणमा संचालन भएको ठुलो प्रतियोगिता अन्तरगत पर्दछ । विगत १० वर्षदेखि न्यूजील्याण्मा रहेको सुडिमा होटलमा कार्यरत श्रेष्ठलाई उक्त सम्मानले आफ्नो मनोवल थप उच्च भई नेपाल जस्तो सानो मुलुकबाट पनि आफ्नो स्थान विदेशमा रहेकाले खुशि व्यक्त गरेका छन् । श्रेष्ठ भन्छन् ,‘ विदेशमा कमाएको ज्ञान र सिप नेपालमानै प्रयोग गर्नेछु । ’ श्रेष्ठले विस २०६४ सालमा वालिङ स्थित पाइनिअज उच्च माध्यमीक विद्यालयबाट एसएलसी उतीर्ण गरेका थिए ।

यस प्रतियोगिता सन् २०२२ को सेप्टेम्बर १८ देखि २० सम्म संचालनमा आएको थियो । जसमा बिभिन्न देशबाट उच्च शिक्षा मार्फत आएका विद्यार्थी समेतको न्यूजील्याण्डबाट प्रशिद्ध होटलको प्रतिनिधित्व जनाएका थिए । सो मेलामा ख्याति प्राप्त शेफहरुले बिभिन्न विधा र लेभलमा आफ्नो मेनु तयार गरेका थिए ।
न्यूजील्याण्ड हस्पिटालिटि एसोसियसनले यो प्रतियोगिता सन् १९९० देखि निरन्तर गर्दै आईरहेको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.