वालिङमा महिला उद्यम लक्षित चप्पल बनाउने शीपमुलक तालिम सम्पन्नः
२०८१ चैत्र १९ गते मंगलबार,
वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा वालिङमा चप्पल बनाउने एक हप्ते तालिम सम्पन्न भएको छ ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त तालिमको समापन समारोहमा वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँण प्रमुख अतिथि रहनुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि नगर प्रमुख खाँणले यस्ता किसिमका शीपमुलक तालिम लिईसकेपछि ब्यवसायिक रुपमा विभिन्न उद्योगहरु सञ्चालन गरी आय आर्जनमा जोडिनुपर्ने र वालिङ नगरपालिकाको पैसा वा स्रोत भनेको यहीँका स्थानीयबासी आम जनताको श्रम पसिनाको रकम भएकोले उक्त रकम÷बजेटको सदुपयोग हुनुपर्ने र नगरपालिकाले पनि न्यायोचित र पारदर्शी रुपमा वितरण गर्ने कुरा ब्यक्त गर्नुभएको थियो । साथै नगरबासीले पनि विभिन्न उद्यम ब्यवसायमा लागेर आत्मनिर्भर हुनुपर्ने यसबाट मात्र समृद्ध वालिङको परिकल्पना साकार हुने कुरा बताउनुभएको थियो ।
कार्यक्रमको संबोधनका क्रममा अध्यक्ष चेतनारायण श्रेष्ठले तालिम निकै उत्साहजनक रुपमा सम्पन्न भएको र यहाँका महिला दिदिबहिनीहरुले यसबाट स्वरोजगार सृजना गर्दै आत्मनिर्भर हुनुपर्ने र यसको बजारीकरणमा हामीले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । साथै नगरपालिका र उद्योग वाणिज्य संघको अन्योन्याश्रित सम्बन्ध हुनुपर्ने र वालिङ नगरपालिकाले देखाएको सदासयता एवम् सहयोग प्रति हृदयदेखि नै आभार ब्यक्त गर्नुभएको थियो । उद्योग वाणिज्य संघले पनि यस्ता शीप विकास सम्बन्धी अन्य धेरै तालिमहरु सञ्चालन गर्ने र ब्यवसाय प्रबद्र्धनमा उल्लेख्य भूमिका खेल्ने साथै आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्