विश्व क्षयरोग दिवस २०८१ को सन्दर्भमा वालिङ स्वास्थ्य शाखा द्धरा अभिमुखीकरण तालिम सम्पन्न

चैत्र ११,मेरो दृष्टि सम्बादाता

विश्व क्षयरोग दिवस २०८१ को सन्दर्भमा वालिङ स्वास्थ्य शाखा द्धरा अभिमुखीकरण तालिम सम्पन्न
मेरो दृष्टि सम्बादाता
वालिङको स्वास्थ्य शाखाले एक दिने क्षयरोग सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । विश्व क्षयरोग दिवस २०८१ को सन्दर्भ पारी स्वास्थ्य शाखाले वालिङ नगरपालिकाको सभा हलमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको हो । स्थानिय तहमा क्षयरोग विरुद्धको लडाईमा युवाहरुको संलगनाता सम्बन्धी अभिमुखीकरण तालिमा वालिङ नगरपालिका भित्रका पच्चीस क्लबका चालीस जना युवा प्रतिनिधको सहभागिता रहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्ष्य अनुसार प्रति लाखमा दुई सय पैतालीस क्षयरोगी पत्ता लगाउनु पर्ने व्यवस्था रहेसंगै वालिङ नगरपालिकाको कुल जनसंख्या मध्य वालिङमा एक सय अठार जना क्षयरोगी पत्ता लगाउनु देखिन्छ तर वालिङ नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङक अनुसार हाल सम्म वालिङमा चोवालीस क्षेयरोगी मात्र पत्ता लागेको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेको भनाई छ ।

वालिङ भित्र क्षयरोगीको संख्या एक सय भन्दा माथी रहेको बताउँदै पाण्डेले क्षयरोगीहरु डरकै कारण खुल्न नचाहदा वालिङ नगरपालिकाको स्वास्थ्य शाखाले लक्ष्य अनुरुप क्षयरोगी नभेटेको पाण्डेको भनाई छ । समुदायमा रहेका क्षयरोगीले अन्य रोग संग तुलना गर्दे नखुलेकै कारण यस्ता खोले कार्यक्रम गर्नु परेको र लक्ष्य प्राप्ती नगरे सम्म अभिमुखिकरण तालिमलाई निरन्तरता दिने पाण्डेको भनाई छ । यस्ता खाले तालिमले जनस्तरमा चेनता सृजना गर्न मद्दत पुग्ने र समाजमा लुकेका क्षयरोगी खुलेरै समयमै अस्पताल सम्म पुग्ने वातावरणको सृजना हुँदा समाजमा थप संक्रमण नफैलिने पाण्डेको भनाई छ । क्षेयरोग सम्बन्धी अभिमुखिकरण तालिमको सहजीकरण क्षेयरोग संयोजक मनिका कोईराला र स्वं वालिङ नगरपालिकाको स्वास्थ्य प्रमुख कमल पाण्डेले गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.