हरीनासको अध्यक्ष फेरि दोहोरीए खिम  

सुसील सुवेदी

स्याङ्जा, जेठ १

स्याङ्जाको हरीनास गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा खिम नारायण मानन्धर र उपाध्यक्ष मा ईन्द्र कुमारी राना विजयी भएका छन् । मानन्धरले ४७६९ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रत्यासी टोप वहादुर भुजेलले गठवन्धनको तर्फवाट रूख चिन्हमा ४७३२ मत प्राप्त गरेर उपबिजेता भएका छन्।

यस्तै, उपाध्यक्षमा ४७४० मत प्राप्त गरेर ईन्द्र कुमारी राना विजयी भएकी छन् भने प्रत्यासी मिठु लम्सालले ४७१६ मत प्राप्त गरेर उपबिजेता बनिन् ।

यो निर्वाचनमा अध्यक्ष मानन्धर पुन गाउँपालिका अध्यक्षमा दोहोरीएका हुन् । गठबन्धनसँग कडा प्रतिस्प्रर्धामा ३७ मतको सानो मातान्तर मानन्धर बिजयी भएका हुन् । यस पालिकाको ७ वटा वडा मध्ये वडा नं १,२ र ५ मा क्रमश इन्द« गुरुङ , सिवी सींजाली र निर्मल लम्सालले गठबन्धनको तर्फबाट वडा अध्यक्षमा बिजयी भएका छन् । यस्तै बाँकी ४ वटा वडा ३,४,६ र ७ मा नेकपा एमालेको तर्फबाट क्रमश ॐ प्रकास सिग्देल , सन्त बहादुर थापा , दिल ब. राना र भरत थापा वडा अध्यक्षमा विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.