स्याङ्जा , ०१ साउन
कालिगण्डकी गाउँपालिकाले विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न शैक्षिक सामाग्री वितरण गरेको छ । यहाँको पैँतिस सामुदायिक विद्यालयलाई लक्षित गर्दै स्मार्ट टिभी, मन्टेश्वरी किड्स र बुक र्याक वितरण गरिएको हो । पठन पाठनमा विद्यार्थी र शिक्षकलाइ सहज बनाउन सामाग्री प्रदान गरिएको गाउँपालिका शिक्षा शाखा संयोजक भिम श्रेष्ठले बताए ।
गाउँपालिका भित्र अध्यायनरत सामुदायिक विद्यालयका सतचालिस सय विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न सामाग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाको भनाइ छ । संघीय र स्थानीय सरकारको साठि चालिस को सशर्त अनुदान अन्तर्गत चालिस लाखको लागतमा यो कार्यक्रम संचालन गरिएको थापाको भनाई छ ।
यस्तै , शिक्षण विधिलाई प्रभावकारी बनाउन मण्टेश्वरी शिक्षण विधिको छ महिने तालिम पनि सम्पन्न गरिएको छ । बढुवा शिक्षकहरुलाई सम्मान कार्यक्रम समेत आयोजना गरिएको शिक्षा शाखाले जनाएको छ ।