headline 2खेल

कालीगण्डकीका ९ खेलाडी सम्मानित

सुशील सुवेदी
स्याङ्जा , ०१ साउन
कालीगण्डकी गाउँपालिकाले राष्ट्रिय तथा प्रदेश स्तरमा छनौट भएका ९ जना खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता २०७८ अन्तर्गत अन्डर—१९ , पुरुष तथा महिला भलिबल खेलाडीलाई पालिकाले एक कार्यक्रमको विच सम्मान गरेको हो ।
कालीगण्डकी गाउँपालिकाबाट राष्ट्रिय खेलाडीको रुपमा ४ जना अविजित नेपाली , सोइङ थापा , सुजता राना र पुर्णिमा सोमई छनौट भएका हुन् ।
यस्तै , पाँच जना प्रदेश खेलाडी विकाश लामिछाने , श्रीष्मा सोमई , बन्दना लामिछाने , यमुना दर्लामी र बर्षा आले छनौट भएका छन् । राष्ट्रिय खेलाडीलाइ जनही सात हजार र प्रदेश स्तरका खेलाडीलाई जनही पाँच हजार नगद सहित सम्मान गरिएको शिक्षा शाखा संयोजक भिम प्रसाद श्रेष्ठले बताए ।


खेलाडीलाई सम्मान गर्ने संस्कार कालीगण्डकीले सुरुवात गरेको बताउँदै खेलकुद क्षेत्र व्यवसायिक बनाउनुपर्ने गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताए । नीति तथा कार्यक्रममा नै खेलकुद क्षेत्रलाई विकास गर्न चासो दिएको बताउँदै थापाले भने , ‘भलिवल मात्र नभई अन्य खेलाडीको पनि प्रतिभा उजागर गर्न पालिकाले विशेष कार्यक्रम ल्याउनेछ । कालीगण्डकीमा मार्सल आर्टका खेलाडीहरु लुकेका छन् । उनीहरुको पहिचान गर्छाैँ ।’
बधाई तथा सम्मान कार्यक्रममा उपाध्यक्ष साबित्रा कोइराला , निमित्त प्रमुख प्रसासकिय अधिकृत हिरामणी पाण्डे , वडा अध्यक्ष कृष्ण लामिछाने , प्रशिक्षक नविन थापा , खेलाडी अविजीत नेपाली , शिक्षक पशुपती पाण्डे लगाएतले धारणा राखेका थिए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.