स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा र्पुयाउनुपर्छ : राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ
साउन १

राष्ट्रपति विद्यादेवी भण्डारीलेस्वास्थ्य शिक्षालाई आम जनताको पहुँचमा र्पुयाउनुपर्ने बताएकी छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन् । रोग लागेर उपाचार सेवा खोज्दै हिँड्नुभन्दा रोग लाग्नै नदिनु बेस भएको बताउँदै भण्डारीले भनिन् , ‘संविधानले सुनिश्चित गरेको स्वास्थ्यको हक सवैले पाउनुपर्छ । स्वास्थ्यकै पहुँच ग्रामीण क्षेत्रमा नहुँदा शहर झर्नेको संख्या बढेको छ , यो समस्याको समाधान हुनुपर्दछ । ’ स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकोले यसमा विशेष ध्यान दिनुपर्ने भण्डारीले बताईन् ।
स्वास्थ्य तथा जनसख्यायामन्त्री भवानीप्रसाद खापुङले मुटुको सर्जरी, कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमै हुन थालेकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखिय प्रगती भएको बताए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले संस्थानअन्तर्गत प्रतिदिन बहिरङ्ग सेवामा दुई हजार ३०० र अन्तरङ्ग सेवामा ७०० जनाले उपचार लिइरहेको जानकारी दिए । संस्थानका डीन प्रा डा दिव्यसिंह साहले ३०१ शैयाबाट सुरु भएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हाल एक हजार शैया पुगेको जानकारी दिए । संस्थानमा हाल स्नातक तहदेखि विद्यावारीधिसम्म अध्ययन गर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रममा संस्थानका पूर्व डीन प्रा डा मोहिन साह, प्रा डा हेमाङ्ग दीक्षित, प्रा डा गोपालप्रसाद आचार्य, प्रा डा मदनप्रसाद उपाध्याय, प्रा डा भीष्मराज प्रसाइँ, प्रा डा हरिगोविन्द श्रेष्ठ, प्रा डा अरुण सायमी, प्रा डा धर्मकान्त बाँस्कोटा, प्रा डा राकेशप्रसाद श्रीवास्तव, प्रा डा केशवप्रसाद सिंह र प्रा डा जगदीशप्रसाद अग्रवाललाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.