headline 1खेल

प्यावसन व्याडमिन्टनको उपाधी गोल्डन सुपर भिजनलाई

प्यावसन स्याङ्जाका जिल्ला अध्यक्ष मेघराज गैह्रेले खेलकुद विद्यार्थीको लागि नभई शिक्षकहरुको लागि पनि आवश्यक रहेको बताए ।

मेरो दृष्टि संवाददाता
स्याङ्जा , असोज ३
संविधान दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय व्याडमिन्टनको उपाधी गोल्डन सुपर भिजन स्कुल चापकोटले हात पारेको छ । संस्थागत विद्यालयहरुको छाता संगठन , प्यावसन जिल्ला समितिले आयोजना गरेको विद्यालय स्तरीय शिक्षकहरुको मैत्रीपूर्ण खेलमा १७ विद्यालय सहभागी थिए ।

प्रतियोगितामा गोल्डेन सुपर भिजन का शिक्षक रोशन गैह्रेले उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै साइन भिलेज विद्यालयका शिक्षक दिपेन्द« सुवेदी उत्कृष्ठ अनुशासित खेलाडी घोषित भएका हुन् ।
प्रतियोगितमा नेपाल आदर्श र सिसुनिकेतन माध्यामीक विद्यालय क्रमश दोस्रो र तेस्रो भएको खेल संयोजक तथा प्यावसन जिल्ला उपाध्यक्ष माधव गैह्रेले बताए ।

कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी , प्यावसन गण्डकी प्रदेशका उपाध्यक्ष अमृत अर्याल, प्यावसन जिल्लाका बरिष्ठ उपाध्यक्ष लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा प्यावसन स्याङ्जाका जिल्ला अध्यक्ष मेघराज गैह्रेले खेलकुद विद्यार्थीको लागि नभई शिक्षकहरुको लागि पनि आवश्यक रहेको बताए । शिक्षक मानसिक रुपमा मात्र नभई शारीरीक रुपमा पनि स्वास्थ्य रहनपर्ने बताउँदै गैह्रेले भने , ‘खेलसँग जोडिएको शिक्षक सवै हिसाबले स्वस्थ हुन्छ । ’

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.