जेठ १५ गते तारा एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएमी चापाकोटकी कृष्मी थापाको नाम बाट चापाकोटको राममन्दिर मतदान स्थल बाट मतदान भएको प्रमाण

मेरो दृष्टी सम्बादाता मंसीर ७,स्याङजा

स्याङ्जा क्षेत्री नं २ को मतगणना अजै हुन सकेन । बुथ क्याप्चर भएको भन्दै एमाले ले पुन मतदान को माग गरेको छ भने कांग्रेस ले मतगणना सुरु गर्न दबाब दिएको छ । यता एमाले ले भने बुथ क्याप्चर भएको ४ वटा वार्ड को मृतक र विदेश भएको बेक्ती को नाम बाट मतदान भएको तथ्याङ्क निकाली निर्वाचन आयोग मा प्रमाण सहित तथ्याङ्क दिएको छ। गत जेठ १५ गते तारा एयरलाइन मा एयर होस्टेज को रूपमा काम गर्दै आएकी चापाकोट निवासी कृष्मी थापा को मृत्यु भएको थियो । तर अहिले भने उनै कृष्मी थापाको नाउबाट चापाकोट नगरपलिका को राममन्दिर मतदान स्थल बाट क्रमशः १५२ र मतदाता नं १८८३६५२८ मतदाता नवली बाट मत परेको एमाले ले दाबी गर्दै आएको छ । बुथमा ४८ मरेका मान्छे को नाम बाट मतदान गरेको र ७०० भन्दा बढी बाहिर रहेका र विदेश रहेकाको नाम बाट भोट परेको एमाले को दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.