headline 1

कुचो बोकेर विद्यार्थी राजमार्गमा

सुशील सुवेदी
स्याङ्जा , ११ माघ
सार्वजनिक सवारी साधन र घरबाट फालिने फाहोरले सिद्धार्थ राजमार्ग अव्यवस्थित भएसँगै किताब बोक्ने विद्यार्थीहरु कुचो लिएर सरसफाईमा निस्केकाछन् । स्याङ्जाको वालिङमा रहेको पाईनिअज उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि स्नातक तह सम्मका विद्यार्थीले राजमार्गको करिब २ किलोमिटर सडक सरसफाई गरेका छन् ।

सानै उमेर देखि सामाजिक कामको अभ्यस्त गराउँदै विद्यार्थीलाई जिम्मेवार वनाउन यो अभियान सुरु गरिएको विद्यालयका प्रिन्सिपल मेघराज गैह्रेले बताए । ‘पठनपाठनसँगै समाजिक हितको लागि प्रयोगात्मक सिकाइ हाम्रो अभ्यास हो , यसलाई निरन्तरता दिन्छौँ ’, गैह्रेले भने ।
बुधबार वालिङको मिर्दी देखि भकुण्डे सम्म राजमार्ग सरसफाई गर्न जनप्रतिनिधि , सुरक्षाकर्मी ,समाजसेवी र शिक्षक समेत सहभागी थिए । राजमार्ग उेउछाउमा बसेर आफ्नै घरअघि फोहोर फाल्ने नागरिकलाई यो अभियानले सचेत र जिम्मेवार बनाएको नगरप्रमुख कृष्ण खाँणले बताए ।

खाँणले भने ,‘ आफ्नो घर अगाडिको फोहोर फाल्न विद्यार्थी आएपछि नगरिकले फाहोर गर्न हुन्न भन्ने विषयमा सचेत हुनेछन् । ’
स्मार्ट नगरको रुपमा अगाडि बढेको वालिङमा सरसफाई पनि महत्वपूर्ण रहेको नगर उपप्रमुख कविता गैह्रेले बताईन् ।

अहिले सिद्धार्थ राजमार्गमा भारतीय नं प्लेट सहित निजी तथा सार्वजनिक झण्डै एक हजार भन्दा बढि सवारी साधन ओहोर दोहोर गर्ने गरेका छन् । ट्राफिक कार्यालयले सार्वजनिक सवारी साधनमा डस्टबिन अनिवार्य गरेपनि कार्योन्वयन हुन नसक्दा यात्रुले फोहोर जन्य बस्तु राजमार्गमानै फाल्ने गर्दछन् । अझ वालिङ नग।पालिकाले फाहोर संकलन गर्न घरघरमा सवारी साधन पुर्याउने गरेको त छ , तर फाहोर सडक छेउछाउमा फाल्ने प्रवृत्ति भने हराएको छैन । स्थानीय तहले अभियान संचालन गरेपनि नागरिकले पनि सरसफाई आफ्नो दायित्व हो भन्ने महसुस गर्न जरुरी छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.