बिश्व

वालिङमा भू—उपयोग तथा योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी

मणि प्रसाद अर्याल वालिङ चैत्र, ५

स्याङ्जाको वालिङमा भू—उपयोग तथा योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सोमबारदेखि सुरु भएको छ । वालिङ नगरपालिकाको एकिकृत र समावेशी जोखिम संवेदनशील भू—उपयोग योजना नियमावली तथा भवन मापदण्ड कार्यान्वयन एवम् योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गरिएको हो । वालिङ नगरपालिकाले युएनडिपी नेपालको प्राविधिक सहयोगमा गोष्ठीको आयोजना गरेको हो ।
नगरपालिकाले यसअघि आवासीय, कृषि, जोखिम तथा संवेदनशील, सडक क्षेत्रलगायत जग्गाको वर्गीकरण गरेको थियो ।
जग्गाको वर्गीकरणको काम सम्पन्न गरेपछि जानकारी गराउने र सोहि अनुसार उपयोग गर्ने सम्बन्धमा अन्तरक्रियासहितको गोष्ठी सञ्चालन गरिएको हो ।
गोष्ठी वालिङ नगरपालिकाको प्रमुख कृष्ण खाँणको अध्यक्षतामा भएको थियो भने नगर उप–प्रमुख कविता तिवारी,वडा अध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा संघ संस्थाका प्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको छ । कृषि क्षेत्र र आवासीय जग्गाको मूल्याङ्नमा समानता हुन नसक्दा नागरिकहरु समस्यामा परेको धारणा सहभागीहरुले राखेका छन् । कृषि क्षेत्र र आवासीय जग्गाको समान मूल्याङ्न हुन आवस्यक छ, यसमा जग्गा वर्गीकरणमा राज्यको नीतिगत समस्या भएको उनिहरुको गुनासो छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.