गाउँ रित्तो हुँदै गएकोमा आँधीखोला पालिकावासी चिन्तित
सुशील सुवेदी
स्याङ्जा , मंङ्सिर २९
ग्रामीण भेगमा यातायात ,सुविधा सम्पन्न अस्पताल र रोजगारीको संम्भावना नहुँदा गाउँघर रित्तो भएकोमा आँधीखोला पालिकावासीले चिन्ता व्यक्त गरेका छन् । आँधीखोला गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा बोल्ने अधिकाशं सहभागीले गाउँघर रित्तो भएकोमा चिन्ता व्यक्त गरेका हुन् ।
बाँदर समस्याले गर्दा पनि गाउँघरमा खेतीयोग्य जमिन बाँझै रहेको आँधीखोला—४ का शालिग्राम लामिछानेले बताए । उनले भने , ‘बाँदरले केही हुन दिन्न बरु प्रत्येक टोलमा पालिकाले हेरालु राख्ने प्रबन्ध मिलाओस् ।’
यस्तै , ‘मानिस विहीन गाउँ हुन थाल्यो तर सरकारको चासो जाँदैन ,’ जिवन कुमार पौडेलले बताए ।
आँधीखोला—४,बाङ्सिङको वडा कार्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसबाट पालीका अध्यक्षमा उपविजेत बनेका प्रेमराज पौडेलले जाजरकोटका भुकम्प पिडीतहरुको पिडा हेर्दा स्याङ्जालीहरु भाग्यमानी रहेको बताए ।
पर्यटकीय सम्भावना बोकेको आँधीखोलालाई पर्यटकको हब बनाउन गूरुयोजना तयार गरिएको गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलको भनाई छ । उनले भने , ‘गाउँघरमा रित्तो भएका घर फर्काउन पालिकाले घर पोत्ने अभियान थालेको छ , कृषि अभियानमा अनुदानका कार्यक्रम अघि सारेका छौँ । ’
गाउँपलिका पहिलो चरणमा बेरोजगार युवा पहिचान गरेको र उनीहरुको चहाना अनुसार सीपमुलक कार्यक्रम संचालन गरीने प्रमुख प्रसासकिय अधिकृत युवराज अधिकारीले बताए । ‘अहिले हामीसँग ५०४ जना युवाहरु बेरोजगार छन् , उनीहरुको माग बमोजिमको कार्यक्रम अघि सार्छाैँ ’, अधिकारीले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नरेन्द्रराज पौडेल , नेकपा एमालेका शिव प्रसाद पौडेल , नेकपा माओबादीका नगेन्द्र राज पौडेल , राप्रपा नेपालका मोती प्रसाद लामिछाने लगाएतले शिक्षाको गुणस्तर उकास्न भवन भन्दा शिक्षामा नै लगानी गर्नुपर्ने बताए ।
आँधीखोला गाउँपालिकाले आँफूलाई पारदर्शी बनाउन प्रत्येक वर्ष सार्बजनिक सुनुवाई गर्दै आएको छ । गह्रौ कालिका मिडिया हाउसको समन्वयमा आयोजना गरिएको कार्यक्रममा २०० बढीको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको स्वागत गाउँपालिका उपाध्यक्ष सिता थापा , धन्यवाद आँधीखोला—४ का अध्यक्ष सिहं बहादुर क्षेत्री र संचालन संचारकर्मी सुशील सुवेदीले गरेका थिए ।