headline 2गण्डकीदेशमोफसल

मेलमिलापकर्ताहरुका लागि उत्चस्तरको तालिम सम्पन्न

वालिङ, पौस २२

वालिङ नगरपालिकामा रहेको मेलमिलापकर्ताहरुका लागि उच्चस्तर (एडभान्स) तालिम सुरु भएको छ । प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा तालिम सुरु भएको हो । तालिमको शुभारम्भ गर्नुहुँदै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले गाउँगाउँमा हुने गरेका विभिन्न प्रकृतिका विवादमा मेलमिलाप गराउने काम भईरहेको बताउनु भयो । विभिन्न विवादमा मेलमिलापकर्ताको सकारात्मक भूमिका रहनु पर्ने भन्दै उपप्रमुख तिवारीले निस्वार्थभावले गरिने मेलमिलापकर्ता नगरका गहना भएको बताउनु भयो ।
वालिङ नागरिकको न्यायिक समिति र मेलमिलापकर्ताहरु प्रति विश्वास रहेका कारण वालिङले यसमा पहिचान बनाएको बताउनु भयो । आगामी दिनमा मेलमिलापकर्ताको सक्रियता र भूमिकालाई अझै प्रभावकारी बनाउदै लैजाने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै न्यायिक समितिका सदस्य पोतप्रसाद लम्साल,वालिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद अर्यालले मिलामिलापले मात्रै समाजमा एकआपसमा सहकार्य गर्ने अवस्था आउने बताउनु भयो ।
वालिङ नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता नेत्रप्रसाद सुवेदीले नगरपालिकामा एक सय एक मेलमिलापकर्ता रहको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिमका विवादहरु समाधानको सहजिकरणमा मेलमिलापकर्ताहरु सक्रिय रहेकाछन् ।”
पाँच दिन सम्म सञ्चालन हुने तालिममा रमिला हुमागाई र रिता मानन्धरले सहजीकरण गर्नु हुनेछ । तालिममा ३० जनाको सहभागिता रहेको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.