वालिङ खेलमैदानको दुबो छुँदैनौ : सचिव खनाल

वालिङ खेलमैदानको दुबो छुँदैनौ : सचिव खनाल
सुशील सुवेदी
स्याङ्जा , पुस २५
‘हाम्रो गौरब हाम्रो शान , वालिङ महोत्सव हाम्रो पहिचान ’ भन्ने नारा देश विदेशमा ब्राण्ड बनेको छ । यहि नारा बोकेर यस वर्ष पनि आठौँ वालिङ महोत्सव संचालन हुँदै छ ।
वालिङ उद्योग वाणिज्य संघले आयोजन गर्ने यो महोत्सव प्रत्येक २ वर्षमा आउने स्याङ्जावासीको ठूलो चाड हो ।
संघले आठौँ संस्करणको १० दिने चाड यहि माघ १८ देखि २८ सम्म वालिङ खेल मैदानमा मनाउँदै छ ।
यही मैदानमा ९ औँ राष्ट्रिय महिला फूटबल प्रतियोगिता समेत संचालन गरिएको थियो । उक्त खेल संचालन गर्दा जिल्लाका विभिन्न स्थानीय तह र वालिङ नगरपालिकाको झण्डै ८० लाख रकम दुबो रोप्दा खर्च भएको छ ।
राज्यको सम्पती खर्च गरेर रोपीएको दुबो संरक्षण गर्नुपर्ने माग सहित आठौँ वालिङ महोत्सव अन्यत्र सार्नुपर्ने केही नगरवासीको माग थियो । आयोजक वालिङ उधोग वाणिज्य संघले भने महोत्सब अवधीभर दुबो नछुने गरी कार्यक्रम स्थल निर्माणको तयारी गरेको बताएको छ ।
‘हामीले दुबो छुँदैनौ बरु दुबोको अवस्था कस्तो छ भनेर प्रदर्शन गर्ने वातावरण मिलाउँछौ ,’ संघका सचिव तथा प्रचार संयोजक पिताम्बर खनालले बताए ।
अहिले महोत्सवको स्टेज , स्टल र प्रवेशद्धारको डिजाइन नैं फरक हुने गरी तयारी गरिएको खनालको भनाई छ ।
‘आठौँ वालिङ महोत्सवको स्टेज दक्षिण फर्काएर निर्माण हुँदैछ ,’खनालले भने ।

महोत्सवमा २५० स्टल रहनेछन् भने स्थानीयले ३० प्रतिशत छुट पाउने संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।
‘हिसाब कितावलाई पारदर्शी बनाएर बढि रकम जोगाउने सोँचमा छौ झण्डै ५६ लाख जोगाउने हाम्रो लक्ष्य छ । ’ श्रेष्ठले भने,‘ जोगिएको रकमले व्यवसायीको हक हितमा मन छुने काम गर्नेछौँ ।’

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.