headline 1मोफसलराजनीति

नेकपा एमाले स्याङ्जाको ९ औँ अधिवेशनको लोगो सार्वजनिक

नेकपा एमाले स्याङ्जाको ९ औँ अधिवेशनको लोगो सार्वजनिक
सुशील सुवेदी
स्याङ्जा , १६ चैत
नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाले ९ औँ जिल्ला अधिवेशनको चिन्ह (लोगो) सार्वजनिक गरेको छ । स्याङ्जाको पहिचान झल्किने र सवै जातजातीलाई एकताको सुत्रमा बाँध्ने चिन्ह सार्वजनिक गरिएको जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे(पारस)ले जानकारी दिए ।
गोलाकार अंकित लोगोमा पार्टीको चुनाव चिन्हको छत्रछाँया मूनी हँसिया हतौडा ध्वजा बहाक झण्डा बोकेका कार्यकर्तालाई चित्रण गरिएको छ ।
यस्तै आँधिखोला नदीले आँधिखोले सभ्यता झल्काएको छ । स्याङ्जाको सुन्तला र कफीलाई आर्थिक समृद्धिसँग जोड्न खोजिएको छ ।
लोगोको मुनि भागमा सबै जातजातीको कला संस्कृतिलाई देखाईएको छ । जस्ले यहाँको जातीय एकता मजबुत छ भन्ने सन्देश दिएको छ ।
शुक्रवार जिल्ला पार्टी कार्यालय स्याङ्जामा लोगो सार्वजनिक गर्दै अध्यक्ष गैह्रेले जिल्ला भित्रको पार्टीलाई मजबुत बनाउने गरी अधिवेशन सम्पन्न गरीने बताए । यही चैत २३ र २४ गते आयोजना हुने नवौं अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्धघाटन गर्नेछन् ।
अधिवेशनको समय नजिकिंदै गर्दा जिल्लाको नेतृत्व सम्हाल्ने उम्मेदवारको चर्चा पनी स्याङ्जामा बढ्न थालेको छ ।
अहिले अध्यक्षको आकांक्षीमा बहालवाला जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे र सचिव राजेन्द्र डुम्रेको चर्चा छ ।
यस्तै पूर्व सासंद र प्रदेश कमिटीका पदाधिकारी समेत जिल्ला अध्यक्षको आकांक्षी रहेको बजारी चर्चा छ ।

 

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.