अग्नी पिडित बुकमायाको घर युवा संघ स्याङजाले बनाईदिने

मेरो दृष्टि सम्बादाता बैसाख, १७

मेरो दृष्टि संंवाद्दाता
बैसाख, १७
प्रि–मनसुन अवधिमा वर्षा नहुँदा देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ। विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको तथ्याङक अनुसार वैशाख सुरू भएयतामात्रै आगलागीबाट ७ जनाको मृत्यु भएको छ भने तीन सय ७१ परिवार प्रभावित भएका छन्। यस्तै प्रभावित मध्य एक हुन बुक माया परियार ।
स्याङजाको विरुवा गाँउपालिका वडा नं ७ तल्लो बलेउ बस्दै आईरहेकी बुकमाया आर्थिक रुपले बिपन्न परिवारकी हुन । हुने हार दैव नटार भने जस्तै उनै बुकमायाको घरमा गत बैसाख १२ गते बज्रपात हुन पुग्यो । करिब ३ बजे आफ्नो घर भन्दा तल बाँसघारीमा लागेको आगो निभाउन पुगेकी बुकमाया आफ्नो घर सम्म आगो आईपुगेको पत्तो समेत पाईनन् । छिमेकीले घर आगलागी भयो भन्दै हार गुहार गरे , बुकमाया पनि दौडेर आफ्नो घर बचाउन तल बाट दौडदै आईन तर बुकमाया लगायत छिमेकीको त्यहाँ केही चलेन । उनि घर सम्म आई पुग्दा गोठमा भएको भैँसी निवेक गरेर संकलन गरेको अन्न सबै जलेर नष्ट भयो । घरबार विहिन र अन्न विहिन बन्न पुगेकी बुकमायालाई राहतको खाँचो छ भन्ने कुरा रास्ट्रिय युवा संघ नेपाल स्याङ्जाले थाहा पाए पछि रातह सहित घरमा पुग्यो । उद्धारको निम्ति बुकमायाको घरमा पुगेको युवा संघ स्याङजाले दिनभर उद्धारमा खटियो र बुकमायालाई नजिकै रहेको खाली घरमा बस्ने व्यवस्थापन समेत मिलाईदियो । बेसाहारा बनेकी बुकमायासामु युवा संघ स्याङ्जाको टिम पुग्दा भगवान सरी मानेकी बुकमायाले घर बनाइदिन आग्रह पनि गरिन् । उनको आग्रहलाई सम्बोधन गर्न युवा संघ त्यही आग्लागी भएको ठाँउमा बैठक बस्यो र दुई कोठे घर बनाईदिने निर्णय समेत गय्रो । सोही अनुरुप युवा संघ नेपाल स्याङजाले करिब २० दिनको अन्तरालमा घर हस्तानतरण गर्ने उदेश्यका साथ बैसाख १६ गते बुकमायाको घर शिलन्यास गरेको छ । गन्डकि प्रदेश सभा सदस्य माननीय सीता कुमारी सुन्दास, विरुवा गाँउपालिका प्रमुख , उपप्रमुख र पार्टीका उपाध्यक्ष महेस पुरीको विषेश उपस्थितीमा गरिएको सिलन्यास कार्यक्रमा बोल्दै युवा संध स्याङजाका अध्यक्ष सुसिल खनालले २० दिन भित्र घर सम्पन्न गरी हस्नान्तरण गर्ने योजनाका साथ युवा संधले काम गर्ने समेत बताउनुभयो ।
युवा संघको पहलमा निर्माण गर्न लागिएको २ कोठे घर बक्कको हुने छ भने आगामी दिनमा पुन जोखीम नहोस भनेर टिनको छानो हुने अध्यक्ष खनालको भनाई छ । अध्यक्ष खनालको भनाई अनुसार युवा संध स्याङजाको टिमले स्याङजा जिल्ला भित्र मात्र नभई जाजरकोटमा भएको भुकम्पमा पनि राहत सहित श्रमदानको निम्ति खटिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.