कालीगण्डकीको पानी माथि बुद्धिचाल

मेरो दृष्टि संवाद्दाता
स्याङ्जा , जेठ १२

कोठाभित्र खेलिने बौद्धिक खेललाई पानी माथि पनी सहासिक ढङ्गले खेल्न सकिन्छ भन्ने उदहारण कालीगण्डकी गाउँपालिकाले दिएको छ ।
खेलकुद मार्फत पर्यटकको आकर्षण बढाउने उदेश्यले दैशकै पहिलो जलयातायात अर्थात स्टीमरमा बुद्धिचाल प्रतियोगिताको शुभारम्भ गरिएको छ । कालीगण्डकी गाउँपालिका र प्रदेश खेलकुद परिषद गण्डकीको संयुक्त आयोजनामा सुरु भएको बुद्धीचाल प्रतियोगितामा ८ जिल्ला खेलाडी सहभागी भएका छन् ।
फरक क्षमता भएका खेलाडी विवेक पाण्डेसँग जलयात्रा गर्दै खेल खेलेर कार्यक्रमको उद्धघाटन गरिएको थियो । उद्धघाटनमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति सुधिर कुमार पौडेलले कुनै पनि खेल अब कोठा भित्र समित नरहने र आवश्यक्ता अनुसार जलमा पनि खेल्न सकिन्छ भन्ने प्रमाणित कालीगण्डकीले गरेको बताए । सहासिक खेलमा यहाँको सम्भावना धेरै रहेको बताउँदै पौडेलले भने ,‘भौतिक पूर्वाधारको विकास मात्र होईन खेल पर्यटन मार्फत आर्थीक विकास गर्न पनि पालिका सक्षम हुनेछ ।’
सोही कार्यक्रममा बोल्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने उदेश्य सहित यो कार्यक्रम संचालन गरिएको बताए ।धार्मीक नदीको जलमाथी बुद्धिचाल खेल प्रतियोगिता नेपालमा नै पहिलो पटक संचालन गरिएको बताउँदै आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल समेत खेलाउने र खेल पर्यटन बृद्धि गरीने थापाले बताए ।


यस्ता प्रतियोगिताले देश विदेशमा सकरात्मक सन्देश प्रवाह गर्ने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । भूगोल , विपन्न वर्ग वा बेसहाराको कारणले प्रतिभा भएर पनि बंचित रहेका खेलाडीलाई परिषदले प्रतिभा प्रस्फूटन गर्न सहयोग गरेको शर्माले बताए ।


प्रतियोगिता सम्पन्न गर्न कालीगण्डकी गाउँपालिकाले तीन लाख र प्रदेश खेलकुद परिषदले तीन लाख रुपैयाँ विनियोजन गरेका छन् ।
दुई दिनसम्म संचालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्ला र आयोजकका रुपमा रहेको कालीगण्डकी गाउँपालिका गरी नौ समुहका ३६ जना सहभागी भएको प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार जिल्ला–जिल्लामा रहेका बुद्धिचाल संघको सिफारिसका आधारमा प्रत्येक जिल्लाबाट दुई पुरुष र दुई महिला गरी चारजना खेलाडी सहभागी भएका हुन् । । दुई दिन सम्म चल्ने बुद्धीचाल कार्यक्रम १३ गते समापन हुने गण्डकी प्रदेश बुद्धिचाल संघका कोषाध्यक्ष खेम प्रसाद खनालको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.