headline 1गण्डकीदेश

सार्वजनिक जग्गा खोज्दै स्थानीय सरकार

सुशील सुवेदी
स्याङ्जा , जेठ २१

सार्वजनिक जग्गाको दुरुपयोग गर्ने र अतिक्रमण गर्ने प्रचलन स्याङ्जामा बढ्दो छ । स्थानीय सरकारले गर्न खोजेका ठुला योजनाहरु जग्गा अभावले अलपत्र अवस्थामा छन् । वालिङ नगरपालिका र प्रदेश सरकारको साझेदारीमा निर्माण गर्न खोजिएको बधस्थल जग्गा अभावले निर्माण हुन सकेको छैन । ठेक्का प्रकृयामा अघि बढेको योजना अन्तर्गत झण्डै ५० लाखको योजना फ्रिज हु्ने निश्चित जस्तै भएको छ ।
जग्गा अभावमा योजना अलपत्र हुन थालेपछि वालिङ नगरपालिका वडा नं १३ ले सार्वजनिक जग्गा खोज्ने र फिर्ता ल्याउने अभियानको थालनी गरेको हो ।
१२ विसे मेला लाग्ने स्थान , गहाखोला , बाँयटारी , पुष्प खेल मैदान लगाएतको क्षेत्रमा झण्डै ५० रोपनी जग्गा अतिक्रमण भएको भेटिएपछि किला गाडेर वडाले राज्यको जग्गा फिर्ता ल्याउन थालेको हो ।
विकास निर्माणमा जग्गाा नभेटिने राज्यको जग्गा व्यक्तीले हडप्ने कारण यस्ता जग्गाको संरक्षण गर्ने अभियान थालिएको वडा नं १३ का अध्यक्ष नमलाल डुम्रेले बताए । ‘हामी जनप्रतिनिधिले राज्यको सम्पत्ती संरक्षण गर्ने दायित्व हो , यसको संरक्षण गर्न निरन्तर लाग्ने छौँ ।’ डुम्रे भन्छन् ,‘तरकारी मण्डी , औधोगिक ग्राम,खेल मैदान ,सिपमुलक संस्था खोलेर युवालाई रोजगार दिन पनी यस्ता जग्गा संरक्षण गनुपर्ने देखियो । ’

पछिल्लो समय राजमार्गको छेउछाउमा घर निर्माण गर्ने , खोलाको छेउछाउमा खेती गर्ने र विभिन्न सामुदायिक भवनहरु निर्माण गर्ने प्रतिस्प्रर्धाले विकासका योजनाहरु बाधक बनेका हुन् । वालिङ नगरभित्र पहिलो पटक यसरी ठूलो संख्यामा जग्गा खोजिएको र यसलाई पुरानौ अवस्थामा ल्याउने वालिङ नगरपालिकाका अमिन कृष्ण शर्माको भनाई छ ।

भूमी शिक्षाको अभाव र पहुँचवालाको एकाधिकारले सरकारी जमिनहरु अतिक्रमण भएको जानकारहरुको भनाई छ ।

स्थानीय सरकार संचालन ऐनले पालिकाको अधिकार क्षेत्रमा पर्ने सार्वजनिक जग्गाको सुरक्षा सम्बन्धी व्यवस्था गरेको छ । तर , बजेट विनियोजन गरेर दक्ष कर्मचारी मार्फत अभिलेख राख्ने चलन भने खासै भेटिदैँन । स्थानीय तहहरुले बजेट छुट्टयाएर सरकारी जग्गा पहिचान गर्न सके अव्यवस्थीत समस्याको अन्त्य दिर्घकालिन रुपमा गर्न सकिन्थ्यो की ?

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.