आर्थिकजीवनशैलीमोफसल

विपदबाट प्रभावित ४४ घरधरीलाई गल्याङको रहात

मे.दृ संवाद्दाता
असार २० , स्याङ्जा
प्राकृतिक विपदमा परेका गल्याङ नगरभित्र ४४ घरधुरीलाई रहात वितरण गरीएको छ । गत जेठ ५ गते आएको हावाहुरीले प्रभावित बनेका घरधुरीलाई लक्षित गरेर रहात वितरण गरीएको नगरप्रमुख गुरु प्रसाद भट्टराईले जानकारी दिए ।
उक्त हावाहुरीले सवैभन्दा बढी क्षति वडा नं ९ मा गरेको थियो । यहाँको २८ घरको बार्दली , घर ,गोठ , अन्नबालीमा क्षति पुगेको सामाजिक शाखा प्रमुख ढाल बहादुर केसीले जानकारी दिए ।
नगरपालिकाले विपदको प्रकृति अध्यायन गरेर ५ हजार देखि ४० हजार सम्म आर्थिक रहात प्रदान गरेको हो । ५ देखि ४० हजार सामाजिक शाखा प्रमुख ढाल बहादुर केसी
कुल ७ लाख ५२ हजार मध्ये वडा नं ९ मा मात्र वितरण गरीएको छ भने बाँकी रकम ७ ,८ , ११ लगाएतको वडामा वितरण गरीएको छ ।
यता असार—साउनको वर्षातमा हुन सक्ने क्षतिमा पनी तत्काल उद्धार गर्न नगरपालिका तयारी अवस्थामा बसको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.