सामाजिक संजालले विद्यार्थीको सिर्जना नष्ट भएकोमा वालिङका शिक्षक चिन्तित
सामाजिक संजालले विद्यार्थीको सिर्जना नष्ट भएकोमा वालिङका शिक्षक चिन्तित
मेरो दृष्टि संवाद्दाता
वालिङ, १७ मंसिर
पछिल्लो समय सामाजिक संजालको बढ्दो प्रयोगको कारण विद्यार्थीको सिर्जना शक्ति नष्ट भएकोमा वालिङका शिक्षकहरुले चिन्ता व्यक्त गरेका छन् ।
विद्यार्थीलाई केही प्रश्न गर्यो भने गुगल र ए आईमा सर्च गर्ने प्रवृतिले उनीहरुको क्षमता नास भएको सरस्वती माध्यमिक विद्यालयका शिक्षक विनोद खनालले बताउनुभयो ।

वालिङ नगरपालिकाले आयोजना गरेको नतिजा सुधारमा शिक्षकको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा भाग लिएका अधिकाशं सहभागीले विद्यार्थीको मूल्याङ्कन विधि परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । सैद्धान्तिक र व्यवहारिक शिक्षालाई सँगै लानुपर्ने बताउँदै विद्यार्थीलाई उत्प्रेणा र प्रोत्सहान गर्न सके विद्यार्थीको चौतर्फी विकास हुने लक्ष्मी माध्यामिक विद्यालयका शिक्षक पारिश्वर न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा ८ विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा राष्ट्रिय माविका शिक्षिका गीता कुमारी अर्याल प्रथम , लक्ष्मि माध्यमिक विद्यालयका पारिश्वर न्यौपाने र माझकोट माविका अमृत खनाल द्धितिय र सरस्वती माविका विनोद खनाल तृत्तिय भएका छन् । उनीहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

For Video:





प्रतिक्रिया राख्नुहोस्