वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँडले वालिङ उधोग वाणिज्य संघले गरेका रचनात्मक गतिविधिले वालिङलाइ देश तथा विदेशमा चिनाउन मदत गरेको बताउनु भएको छ । उधोग वाण्ज्यि संघको अठारौ साधारण सभामा बोल्दै नगरप्रमुख खाँडले उधोग वाणिज्य संघले आफ्नो स्थापना काल देखि गरेका महोसत्व,कृषिक लक्षित कार्यक्रम,महिला उधमी लक्षित कार्यक्रम जस्ता रचनात्मक कार्यको सुरुवातीले उधोग वाण्ज्यि संघलाई मात्र भनइ सिंगो वालिङलाई पनि चिनाउन मद्दत पुगेको खाँडले बताउनु भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख खाँडले उधोग वाण्ज्यि संघ वालिङको गतिविधीले जनप्रतिनिधिले गर्नु पर्ने कार्यलाई पनि सहयोग पुय्रायएको दावी गर्दे आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
तत्कालीन समयमा राज्य जनप्रतिनिधि विहिन भएको अवश्थामा पनि उधोग वाण्ज्यि संध वालिङको सक्रियताले वालिङमा नापी कार्यालय,मालपोत कार्यालय जस्ता महत्वपुर्ण कार्यालयहरुको स्थापना भएको नगर प्रमुख खाँडको भनाई थियो । सोही कार्यक्रममा बोल्दै प्रमुख खाँडले नेपाल सरकारले लिएको स्मार्ट सिटिको अवधारणलाई पुरा गर्न आफु नेपाल सरकारका अर्थमन्त्री संग निरन्तर भेटधाट गरि केही अपुरा कार्यलाई निरन्तरता दिन पटक पटक अनुरोध गरिरहेकोले केही अपुरा कार्यहरु आफ्नो कार्यकाल अवधिभर सम्पन्न हुनेमा विस्वास व्यतm गर्न आग्रह पनि गर्नुभयो । फरक प्रसंगमा बोल्दै नगर प्रमुख खाँडले आफु जनप्रतिनिधी भए पस्चात नै उधोग वाणिज्य संघ वालिङले कार्यालय सञ्चालनको निम्ति केही सामाग्रीको माग गरेको अझै पनि स्मरण रहेको बताउदै नगर प्रमुख खाँडले आगामी कार्यपालिकाको बैठक बाट निर्णय गरी कार्यालयलाई आवश्यक पर्ने रकम तथा सामाग्री उपलब्ध गराउने प्रतिवद्धता समेत गर्नुभयो ।