headline 1आर्थिक

हरिनासले स्थानीय मदिरा ब्रान्डिङ गर्ने : एकल पुरुषले पाउँछन् मासिक एक हजार प्रोत्साहन भत्ता

सुशील सुवेदीसुशील सुवेदी
स्याङ्जा,पुस २९
हरिनास गाउँपालिकाले स्थानीय मदिरा उत्पादन तथा विक्री वितरण गर्न ऐन पारित गरेको छ । हिउँदे अधिवेशन तथा १६ औँ गाउँसभा बाट पालिकाले स्थानीय मदिराजन्य पेय पदार्थ व्यवस्थापन तथा ब्रान्डिङ गर्न बनेको ऐन पारित गरेको पालिका अध्यक्ष खिम नारायण मानन्धरले बताउनुभयो ।
यस्तै सोही अधिवेशनबाट २ वटा कार्यविधि समेत पास भएका छन् । अपाङ्गता भई ग र घ बर्गको परिचयपत्र प्राप्त गरेका नागरिकको निशुल्क स्वास्थ्य विमा गरिदिन पनि कार्यविधि सभाबाट पारित भएको छ । क वर्गलाई संघीय सरकारले र ख वर्गलाई प्रदेश सरकारले स्वास्थ्य विमा गरिदिने व्यवस्था छ । ग र घ बर्गका नागरिकलाई स्थानीय सरकारले निशुल्क स्वास्थ्य विमा गरिदिने भएपछि हरिनासबासी पनि खुशी भएका छन् ।


गाउँपालिकाको कार्यपालिकाले ६० नाघेका ६८ नकाटेका एकल पुरुषलाई प्रोत्साहन भत्ता दिने कार्यविधिको निर्णय पनि सभाले पारित गरेको छ । अव हरिनास गाउँपालिकाभित्र रहेका प्रत्येक एकल पुरुषले प्रोत्साहन भत्ता स्वरुप मासिक एक हजार प्राप्त गर्ने गाउँपालिका उपाध्यक्ष ईन्द्र कुमारी थापाले बताउनुभयो ।
स्थानीय सरकारले जनतालाई नजिकको सरकार महशुष हुने गरी कार्यक्रमहरु संचालन गर्न हरिनासले विभिन्न कार्यक्रम अघि सारेको प्रमुख प्रशासकिय अधिकृत शिव पौडेलको भनाई छ । वडा वडा पालिकाको कर्मचारी र जनप्रतिनिधि पुगेर घुम्ती शिविर संचालन गरिने पौडेलले बताउनुभयो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.