नेकपा एमाले जिल्ला कमिटि स्याङजाले आयोजना गरेको तिन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

माधब गैह्रै माघ, स्याङजा २६

नेकपा एमाले जिल्ला कमिटि स्याङजाले तिन दिन जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिज्ला समन्व्य समितिको हलमा माघ २३,२४ र २५ गते तिन दिन राखिएको शिविर तथा प्रशिक्षण कार्यक्रमको तेश्रो दिन कार्यक्रम समापन पस्चात प्रशिक्षार्थिहरूको परिक्षा लिइएको थियो भने परिक्षा लिए पस्चात प्रमाण पत्र बितरण गरी कार्यक्रमको समापन गरिएको थियो । तिन दिन चलेको प्रशिक्षण कार्यक्रमको उत्घाटन नेकपा एमालेका पार्टि उपमहासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालिले गर्नु भएको थियो । कार्यक्रममा प्रदिप ज्ञवालि, पार्टी केन्द्रीय सचिव पद्मा अर्याल, किरण गुरूङ, खगराज अधकारी, टुकराज सीग्देल, सिर्जना काफ्ले, धनन्जय दवाडी , सुन्दर लामीछाने, डा विश्वकल्याण पराजुली र डा सुस्मिता ढकालले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका इञ्चार्ज सिता सुन्दास,क्षेत्रीय इञ्चार्जहरु सिमा क्षेत्री र किशोरबिक्रम मल्ल लगायत केन्द्रीय निकाय तथा सल्लाहाकार परिषद्का नेता चक्र पराजुली, टेकु नेपाली, धुव्र अधिकारी, महेन्द्र थापामगर, नारायण प्रसाद मरासिनी, मुक्ति पाठक प्रदेश कमिटिका उपाध्यक्ष मिनप्रसाद गुरुङ साथै प्रदेश सल्लाहकार परिषद् अध्यक्ष मोहन रेग्मी सहित प्रदेशका नेता र प्रदेश माननिय संसद सुधिर पौडेल लगायत जिल्लाका जनप्रतिनिधि स्थानिय तहका प्रमुख रउपप्रमुखले मनव्य समेत राख्नु भएको थियो । प्रशिक्षण कार्यक्रमा उपस्थित नेताहरुलाई धन्यबाद ज्ञापन जिल्ला अध्यक्ष पारस गैह्रेले गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.