मुक्तिनाथ विकास बैंक स्याङजाको बयरघारी शाखा द्धरा बृहत साक्षरता कार्यक्रम सम्पन्न

रोसन लामिछाने ,फागुन ५

स्याङजाको बयरघारीमा अवस्थीत मुक्तिनाथ विकास वैंक बयरघारी शाखाले बृहत वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्याङजाको बयरघारीे स्थित सिटिहलमा मुक्तिनाथ विकास बैंक बयरघारी शाखाले कृषकलाई लक्ष्यीत गर्दे बृहत साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कृषकहरुलाई वित्तय साक्षरता प्रदान गर्दा आम कृषकको दैनिकिमा परिवर्तन गर्न सहज हुने भएकोले मुक्तिनाथ विकास बैक बयरघारी शाखालले कृषक लक्ष्यीत वितिय साक्षरता कार्यक्रम गरेको मुक्तिनाथ विकास बैंक बयरघारी शाखाका शाखा प्रबन्धक रोमकान्त लुईटेल बताउनुभयो । बैंकले बयरघारीमा अवस्थित ग्रामीण कृषि सहकारी सस्था लि भीरकोटका शेयर सदस्य तथा अगुवा कृषक हरुलाई बृहत साक्षरता प्रदान गरेको थियो । बैंकले प्रदान गरेको साक्षरता कार्यक्रम पस्चात वित्तिय ज्ञान लिन पाँउदा आफुहरु खुसी भएको कार्यक्रमा उपस्थित कृषक हरुको भनाई थियो । कृषक मात्र नभई आम जनतामा पनि अझै वित्तिय ज्ञान नहँुदा घेरै मानिसले दुख पाउने गरेकोले आगामी दिनमा यस्ता खाले रचनात्मक कार्यहरुको निरन्तरता दिने योजना रहेको मुक्तिनाथ विकास बैंक बयरघारी शाखाका प्रबन्धक लुईटेलको भनाई छ ।

६१ जना अगुवा कृषकको उपस्थित रहेको कार्यक्रमलाई सहजीकण मुक्तिनाथ विकास बैँक गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकाल र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्धक नगेन्द्र राज पौडेल र सागर लामीछालेले गरेका थिय । उक्त कार्यक्रम सञ्चालन मुक्तिनाथ विकास वैंक बयरघारी शाखाका प्रबन्धक रोमकान्त लुईटेलले गर्नु भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.