सिद्धार्थ राजमार्गको स्तरउन्नती मेरो प्राथमिकतामा छ ढुक्क हुनुस बन्छ , अर्थमन्त्री पौडेल

माधब गैह्रै,चैत्र ३०

नेपाल सरकारका उपप्रधन एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ राजमार्गको स्तरउन्नती आफ्नो प्राथमिकतामा रहेको बताउँदै त्यसको स्तरउन्नती छिटै हुने बताउनुभएको छ। स्याङजाको कालीगण्डकी गाउँपालिका स्थित वडा नं ३ को वडा कार्यालय भवन,आधारभूत स्वास्थ चौकीको भवन र वैघा रिडी सड्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले आगामी अर्थिक बर्ष देखी नैै लागु हुने गरी सिद्धार्थ राजमार्ग स्तरउन्नती गर्न गृहकार्य भईरहेको मन्त्री पौडेलको भनाई थियो । विकास निर्माणको कार्य भनेको कहिल्यै नटुङगने र निरन्तर चलिरहने बताउँदै मन्त्री पौडेलले सिदार्थ राजमार्गको स्तरउन्नती संग संगै साना साना सुरुङ मार्ग र बेली ब्रिजको पनि निर्माण गरिने दावी गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कालीगण्डकी गाउँपालिकामा अवस्थित कालीगण्डकी जलविद्युत आयोजना जिल्लाको मात्रै नभई सिंगो राष्ट्रकै निम्ति योगदान गरेको बताउदै धेरै पहिला देखि चर्चामा रहेको जलासाय युक्त आँधिखोला हाइड्यामको लागि सकेसम्म अगाडि बढाउन पहल गर्ने उपप्रधान एवं अर्थमन्त्री पौडेलको भनाइ थियो। कालीगण्डकी गाँउपालिकाले गरेको नमुना कार्यहरुको सम्मान व्यक्त गर्दे मन्त्री पौडेलले समग्र कालीगण्डकीको विकास निर्माणको निम्ति आफ्नो कलम चले सम्म थप विकासको निम्ति सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभयो । कालीगण्डकी गाँउपालिकाले पेश गरेको विभिन्न पन्ध्र बुँदे योजनाको माग पत्रलाई अध्ययन गर्दे पौडेलले क्रमस प्राथमिकताको आधारमा बजेट बिनियोजन गर्ने प्रतिवद्धता समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.