स्याङजाको आँधिखोला गाउँपालिकामा सञ्चालित पाँच दिने दन्त शिविर सम्पन्न

माधब गैह्रै ३०,आँधीखोला

स्याङजाको आँधिखोला गाउँपालिकामा सञ्चालित दन्त शिविरको सम्पन्न भएको छ । आँधीखोला गाँउपालिकाको आयोजनामा चलेको पाँच दिने दन्त शिविर नेलुम्बो सस्थाको समन्वयमा स्थानीय चार सय बत्त्तीस जना सेवाग्राहीलाई सेवा प्रदान गर्दे सम्पन्न भएको हो । गत पच्चीस गते बाट सञ्चालन भएको दन्त शिविरमा दाँत सम्बन्धी विभिन्न सेवाहरु प्रदान गरिएको थियो । गाँउपालिकका अध्यक्ष विश्व पौडेलका अनुसार दन्त शिविरमा दाँत भर्नेको संख्या तिरहत्तर,दाँत निकाल्नेको संख्या असी,दाँतको एक्सरे गर्नेको संख्या एक सय बाउन्न, दाँत सफा गर्नेको संख्या एक सय दुई ,दाँत जरै देखी उपचार गर्नेको संख्या एक्काईस र दाँत लामो छोटो मिलाउनेको संख्या चार जना रहेको छ । शिविर कत्तीको प्रभावकारी रहयो भन्ने सन्दर्भमा बोल्दै अध्यक्ष पौडेलले साना साना कामले पनि आम नागरिकलाई प्रभाव पार्ने अनुभव व्यक्त गर्नुभयो । हेर्दा सानो खाले शिविर रहेता पनि उक्त्त शिविरमा उल्लेखनीय स्थानीयको सहभागीता रही स्वास्थ्य परिक्षण गरेकोले यस्ता खाले कार्यक्रमहरुलाई निरन्तरता दिने अध्यक्ष पौडेलको भनाई थियो । अध्यक्ष पौडेलको अनुसार आम नागरिकले दाँतलाई जती सहज लिने गर्दछन् र दाँत सरसफाई गर्नलाई जती हेलचेक्य्राई गर्दछन् यो शिविरले दाँत पनि अन्य शरिरको अंग बराबर महत्व पुर्ण छ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो । मानिसको सौन्दर्यता नै दाँत बाट झल्कने बताउँदै पौडेलले यसको महत्वको विषयमा आम नागरिक सामु पुग्न थप कार्यक्रम गर्ने प्रतिवद्धता समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.