पत्रकार रोशन लामिछाने उपर परेको उजुरीप्रति प्रेस चौतारी स्याङ्जाद्वारा ध्यानाकर्षण
वैशाख २, वालिङ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा स्याङ्जाले पत्रकार रोशन लामिछाने उपर जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । आँधिखोला एक्सप्रेस अनलाइनका सम्पादक एवम् पत्रकार महासंघ गण्डकीका सदस्य लामिछानेलाई स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले भ्रमपूर्ण समाचार लेखेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको छ । समाचार गलत भई चित्त नशुझेको अवस्थामा उजुरी वा ध्यानाकर्षण गर्ने गराउने निकाय प्रेस काउन्सिल रहेको अवस्थामा सामान्य कुरामा पनि ख्यालै नगरी जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउने उद्योग वागिज्य संघ स्याङ्जाले क्षेत्राधिकार भन्दा बाहिर गई कार्यवाहीका लागि परिपत्र गर्ने जिल्ला प्रशासन कार्यालयको कामको समेत यस संस्था भत्र्सना गर्दछ भनी ध्यानाकर्षपत्रमा उल्लेख गरिएको छ ।
संघले पुतलबजारस्थित माले बगरमा गएको फागुनमा सातौं स्याङ्जा महोत्सव सञ्चालन गरेको थियो । महोत्सवमा अखाद्यबस्तु विक्रि वितरण गरिएको, कर कार्यालयमा विगतको महोत्सवकोसमेत कर नतिरिएको लगायतको आँधिखोला अनलाइनमा पत्रकार लामिछानेले लेखनुभएको थियो ।


समाचार आय पश्चात संघले कर कार्यालयमा गई ८ लाख कर बुझाएको थियो भने अखाद्य वस्तुको पनि जिल्ला प्रशासन कार्यालयले निगरानी राखेको थियो । यही विषयलाई लिएर संघको संस्थाको बदनाम हुनेगरी विभिन्न मितिमा समाचार प्रकाशन गरेको भनी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । संघका अध्यक्ष महादेव श्रेष्ठ र महासचिव रविन केसीको हस्ताक्षरसहित उजुरी हालिएको हो । उजुरीका सम्बन्धमा तत्कालिन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले तोक लगाएर चलानी नम्वर ४३१५ मार्फत प्रहरीलाई दिएको बुझिएको छ ।
यस सन्दर्भमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको गतिविधीप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको स्मरण गराउन चाहन्छौं, ध्यानाकर्षण पत्रमा भनिएको छ । अब आइन्दा यस्ता खालका प्रेस स्वतन्त्रता विरोधी कृयाकलाप नगर्न,नदोहो¥याउन माग गर्दै पत्रकार लामिछानेलाई मात्र नभई प्रेस स्वतन्त्रताको अधिकार प्रयोग गरी क्रियाशील सम्पूर्ण पत्रकारहरुलाई निर्वाधरुपमा समाचार संप्रेसण र सङ्कलन गर्ने वातावरण बनाउनसमेत स्याङ्जा जिल्ला प्रशासन कार्यालय, सार्वजनिक सेवाप्रदायक निकाय र उद्योग वाणिज्य संघहरुसँग प्रेस चौतारी नेपाल स्याङ्जाका अध्यक्ष मणिप्रसाद अर्यालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र मार्फत जोडदार माग गरिएको छ






प्रतिक्रिया राख्नुहोस्