गल्याङ नगरपालिका द्धरा सुत्केरी संग उपप्रमुख कार्यक्रममा ४७ पोषिलो झोला वितरण

माधब गैह्रै,चैत्र १५

स्याङजाको गल्याङ नगरपालिकाको आयोजनामा उपप्रमुख संग सुत्केरी भेटघाट तथा पोषिलो झोला वितरण कार्यक्रम सम्पन्न भएको छ । गल्याङ नगरपालिकाको आयोजनामा भएको उपप्रमुख संग सुत्केरी कार्यक्रम गल्याङ नगरपालिका स्थित वडा ८ र ११ मा सम्पन्न भएको हो । नगर उपप्रमुख हेमा न्यौपानेको प्रमुख उपस्थितिमा सञ्चालन भएको उपप्रमुख संग सुत्केरी भेटघाट कार्यक्रममा सुत्केरी महिलाहरुलाई भेटघाट गरी पोषिलो झोला वितरण गरिएको थियो । उक्त्त कार्यक्रममा गल्याङ नपा स्थित वडा नं ८ मा १७ जना र ११ मा ३० गरि जम्मा ४७ जनालाई पोषिलो झोला वितरण गरिएको थियो। पोसिलो झोला अन्तर्गत सुत्केरीहरुका लागि एक क्यारेट अण्डा, हर्लिक्स, घिउ सहित सरसफाईका सामाग्रीहरु पनि वितरण गरिएको थियो। यस्ता खाले कार्यक्रमले सुत्केरी आमा तथा सुनौला हजार दिनका बाल बालिकाहरुलाई स्वास्थ्य रहन मद्दत पुग्ने र दक्ष जनशित्ति उत्पादनमा टेवा पुग्ने उपप्रमुख न्यौपानेको भनाई छ । उपप्रमुख न्यौपानेको अनुसार सुत्केरी संग उपप्रमुख कार्यक्रम गल्याङ नगरपालिका भित्रका सबै वडामा सञ्चालन हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.