जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा आँधीखोला गाउँपालिकालमा आज बिदा

रोशन लामिछाने जेठ २१,आँधीखोला

स्याङ्जाको आँधीखोला गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा आज स्थानीय सार्वजनिक बिदा दिइएको पालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेललेको अनुसार भेदभाव तथा छुवाछुत उन्मूलनमा पालिकाको तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गर्दै पालिकामा बसोबास गर्ने सम्पूर्ण दलित तथा उत्पीडित समुदायको भावनालाई आत्मसाथ गर्ने उदेश्यले सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक तथा संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था ,अत्यावश्यक सेवा बाहेक० र अन्य संघसंस्थाहरुमा बुधबारका दिन सार्वजनिक बिदा दिइएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।
नेपाल सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.