राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्ले वालिङ आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ को आयोजना हुन गई रहेको आम सभालाई सम्बोधन गर्न डा वाग्ले यही आँउदो जेष्ठ २४ गते वालिङ आउने भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी वालिङले डा वाग्ले आउने दिन वालिङ नगरपालिका वडा नंः ९ को वडा अधिवेशन समेत गर्ने तयारी रहेको गण्डकी प्रदेश प्रशिक्षण विभाग सदस्य प्रकास अर्यालको भनाई छ । अर्यालको अनुसार औपचारीक कार्यक्रम विहान एधार बजे बाट सुरु गर्ने र सोही दिन वालिङ नगरपालिका स्थित वडा नं १,२,४ र १४ को वडा भेला पनि आयोजना गर्ने तयारी रहेको बुझिएको छ । पार्टीको उपसभापति भए पस्चाचत पहिलो पटक वालिङ आउने भएका डा वाग्ले वालिङ आए पस्चात धार्मिक एवं पर्यटकीय स्थल गह्रौसुरको अवलोकन गर्ने र कार्यक्रम कालीगण्डकी गाँउपालिका बाट सुरु गर्ने योजना रहेको अर्यालको भनाई छ । गण्डकी प्रदेश प्रशिक्षण विभाग सदस्य अर्यालको अनुसार डा वाग्लेले नेपाली अर्थतन्त्रमा देखी परेका वर्तमान समस्या र चुनौती विषयमा कालिगण्डकी गाँउपालिकामा अन्तिरक्रिया सक्ने त्यस लगत सोही कार्यक्रम गल्याङ नगरपालिकामा सक्ने र सोही दिनको एक बजे राष्ट्रिय स्वतन्त्र वार्टी वालिङले आयोजना गरेको आम सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय स्वतन्त्र वार्टी वालिङले आयोजना गरेको आम सभाको औपचारी कार्यक्रम तोकीएकै समयमा सुरु गरी कार्यक्रम अगाडी बढ्ने आयोजकको भनाई छ ।
