स्याङजा वालिङका पाँच आधारभूत विद्यालय समायोजन भएका छन् । समायोजन हुनेमा वालिङ– ६ को वनपाला आधारभूत विद्यालय,वालिङ– ७ को विद्याज्योति आधारभूत विद्यालय,वालिङ– २ को चक्रदेवी आधारभूत विद्यालय,वालिङ– १२ को प्रभात आधारभूत विद्यालय र वालिङ– १४ को जनकल्याण आधारभूत विद्यालय समायोजन गरिएका हुन् । समायोजन हुने मुख्य तिन कारणमा निजि विद्यालयमा अभिभावक तथा विद्यार्थीको आकर्षण, बसाई सराई र कम जन्मदर देखिन्छ । यी र यस्तै खाले समस्या बाट समायोजन हुन पुगेका वालिङका पाँच आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पायक पर्ने विद्यालयमा समायोजन गरेको वालिङ शिक्षा शाखाका प्रमुख ख्याम नारायण काफ्लेको भनाई छ । काफ्लेको अनुसार समायोजन भएका उक्त्त पाँच स्थानका विद्यार्थीहरुलाई कठिन नहुने विद्यालयहरु समायोजन गरिएको हो । । शिक्षकको हकमा भने कम तथा रिक्त रहेका अन्य विद्यालयमा समायोजन गरेर पठाइएको छ ।
