नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं महाधिवेशन चलिरहेको छ । २३ औं महाधिवेन चलिरहदाँ देश भर बाट एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका देश भरका विद्यार्थी नेताहरुले आफ्नो उमेद्धवारी समेत दर्ता गरि सकेका छन् । त्यस्तै २३ औं महाधिवेनको सभ्दर्भमा अनेरास्ववियु केन्द्रीय सचिवमा स्याङ्जाको सगुन रानाले समेत उम्मेदवारी दर्ता गरेका छन् ।
को हुन त अनेरास्ववियु केन्द्रीय सचिवमा उम्मेदवारी दिने राना
स्याङजा जिल्लाको हरिनाँस गाँउपालिका वडा न ७ मा जन्म भएका राना सानै उमेर देखि विद्यार्थी राजनितिमा लागेका हुन् । उनले कक्षा ८ मा अध्ययन गर्दा हरिनास गाँउपालिकामा अवस्थित पितम्बर माध्यमिक विद्यालयमा बाट अनेरास्ववियुको किमिटी बाट आफ्नो विद्यार्थी राजनिती सुरु गरेका हुन् । गाँउकै विद्यालयबाट एस एल सी उर्तिण गरी उच्च शिक्षाको लागि वालिङ बहुमुखी क्याम्पस मा भर्ना भएका राना वालिङ बहुमुखी क्याम्पसमा अनेरास्ववियु निकटको टिम र अनेरास्ववियुले नेतृत्व गरेको विद्यार्थी आन्दोलन बाट रानालाई अनेरास्ववियुमा लाग्न थप प्ररीत गय्रो । पढ्न पाउने अधिकार, बोल्न पाउने स्वतन्त्रता, राष्ट्र र राष्ट्रियताको विपक्षमा लाग्नेलाई खबरदारी नगरे सम्म अनेरास्ववियुले उठाएका मुद्धाले न्याय पाँउदैन भन्ने विश्वास राख्ने राना क्याम्पस क्षेत्र हुँदै जिल्ला अध्यक्ष समेत बनिसकेका छन् । जिल्लाको अध्यक्ष भई आफ्नो नेतृत्वमा अनेरास्ववियु समालेका रानाले स्याङजा स्थित विभिन्न विद्यालयमा जाने, कमिटि गठन गर्ने र अनेरास्ववियुले उठाएको मुद्धालाई सार्थकता दिन छरिएर रहेका विद्यार्थीहरुलाई गोलबद्ध गर्ने कार्यले अनेरास्ववियुको सफल नेतृत्व गर्ने मध्य राना पनि एक हुन् । जिल्लामा अत्यान्तै प्रभावसाली विद्यार्थी नेताको रुपमा हेरिने राना, जिल्ला मात्र नभई राष्ट्रिय स्तरमै परिचित छन् जस्का कारण २३ औं महाधिवेशनबाट लोकप्रिय मत सहित केन्द्रीय सदस्यमा निर्वाचित समेत भएका थिय । स्याङ्जा जिल्लाको दुर्गम क्षेत्रबाट विद्यार्थी संगठनको नेतृत्व गर्दे राष्ट्रिय राजनीतिमा उदाएका रानाले स्नातकोत्तर तहसम्मको अध्ययन सकेका छन् । विद्यार्थी राजनिती संगै अध्ययनलाई पनि उत्तिकै महत्व दिने राना समय अनुकुल शिक्षा, परिवर्तनको संकल्प जस्ता नारालाई सार्थकता दिन आफ्नो उमेद्धवारी राखेका छन् ।
सचिवमा उमेद्धवारी दर्ता गरेका रानाको के छ त प्रतिवद्धता
तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता विद्यार्थी अधिकारका लागि साथ दिनुहोस् ।
शिक्षा, नेतृत्व र परिवर्तनका लागि मलाई मतदान गरौ ।
संघर्षको मैदानमा हिजो पनि थियौं, भोलिको नेतृत्वका लागि आज पनि तयार छौं ।
एक सचेत, सक्षम र समर्पित नेतृत्व – म तपाईंको आवाज बन्न चाहन्छु ।
अधिकारको रक्षा, शिक्षाको सुधार – मेरो उम्मेदवारी तपाईंको साथ खोज्दछु ।
नारा होइन, कामको आधारमा मतदान गरौं तपाईंको नाम लाई जिताऔं ।
विद्यार्थी आन्दोलन सशक्त बनाउने संकल्प – मलाई एक अवसर दिनुहोस् ।
तपाईंको एक मत, विद्यार्थीको उज्यालो भविष्य ।
पढ्न पाउने अधिकार, बोल्न पाउने स्वतन्त्रता – यसका लागि म तपाईंको प्रतिनिधि बन्न चाहन्छु ।