गरिमा विकास बैंक वालिङ शाखाद्वारा ३ स्थानमा बर,पिपल बृक्षारोपण

मेरो दृष्टि सम्बादाता असार वालिङ

गरिमा विकास बैंक लिमिटेडले देश व्यापी बर पिपल बृक्षारोपण अभियान चालेको छ । बैंकले २०८२ साल असार २२ गते मंगलबार देशका विभिन्न शाखा कार्यालयमार्फत देशभरको विभिन्न स्थानमा एकैसाथ बर पिपल बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो। वैकको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत गरिएको उक्त्त बृक्षारोपण कार्यकममा देशभर बर,पिपल समीका रुखहरु लगाउने र त्यसलाई हुर्कीपछि चौपारी निर्माण तथा धार्मिक तथा सांस्कृतिक महत्व बोकेका वृक्षहरूको संरक्षणको उदेश्य लिदै यो अभीयान सुरुवाती गरिएको गरिमा विकास बैंक वालिङ शाखाका प्रबन्धक प्रेम किशोर अर्यालले ले बताउनुभयो । वालिङ शाखाका प्रबन्धक अर्यालका अनुसार  गरिमा विकास बैंक क्षेत्रीय कार्यालय वालिङले पर्यटकीय तथा धार्मिक स्थल गहौकालिका मन्दीर,छाँयाक्षेत्र मन्दीर र वालिङ स्कोलर्स फाउण्डेशन परिसर तथा चापाकोटको शितल टारमा पनि वर पिपल र समीका बिरुवा बृक्षारोपण गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.