headline 1कृषिगण्डकीमोफसल

नेतृत्वले देखेका सपना क्रमिक रुपमा पूरा हुदैः अध्यक्ष सुवेदी

मेरो दृष्टि सम्बादात साउन २५,आँधीखोला

स्याङजाको फेदीखोला गाँउपालिकाका अध्यक्ष धनश्याम सुवेदीले आफुले निर्वाचनको क्रममा गरिएका बाचाहरुको क्रमस पुरा हुँदै गएको बताउनु भएको छ । स्थनीय निर्वाचनको पहिलो र दोस्रो सस्करणमा कृषिलाई मुख्य नारा बनाउदै निर्वाचनमा हुमिएका सुवेदीले फेदीखोला गाँउपालिकालाई कृषिमा आत्मनिर्भर बनाउदै मौरी पकेट क्षेत्र बनाउने अभियानले आफु लगाएत सम्पुर्ण फेदीखोला गाँउपालिकाको जनप्रतिनिधीको सपना साकार हुँदै गएको बताउनु भएको हो । अध्यक्ष सुवेदीको अनुसार फेदीखोला गाँउपालिका तरकारी जन्य उत्पादनमा आत्मनिर्भर भई छिमेकी पालिकाहरुलाई निर्यात गर्न थालीसकेको छ । अध्यक्ष सुवेदीले भन्नुभयो,स्थानीयको माग मौरी पालनमा छ, अब हामी स्थानीयको माग अनुसार मौरी पकेट क्षेत्र विस्तार गर्ने अभियानमा छौ । मौरी पकेट क्षेत्र बिस्तार गर्ने अभियानमा जुटेको फेदीखोला गाउँपालिकाले यस आर्थिक वर्षमा व्यवसायिक मौरीपालन परियोजना अन्तर्गत ६०० मौरीसहितको घार वितरण गरिएको अध्यक्ष सुवेदीको भनाई छ । अध्यक्ष सुवेदीको अनुसार अन्य आर्थिक वर्षको तथ्याङकलाई हेर्ने हो भने फेदीखोला गाँउपालिकाले विभिन्न चरणमा गरि करिब १२०० मौरीसहितको घार वितरण गरिसकेको छ। गाँउपालिकाले मौरी घार वितरण मात्र नभई मौरीपालनमा आवश्यक पर्ने प्रमुख आधारभुत सामाग्री समेत स्थानीयलाई सहयोग गर्दे आईरहेको छ। गाँउपालिकाका अध्यक्ष सुवेदीका अनुसार गाँउपालिकाले मौरी पालन गर्दे आईरहेका स्थानीय मौरी पालन गर्न ईच्छुक रहेका स्थानीयलाई सहकारीको २० प्रतिशत लागत साझेदारीमा लघु उद्यम विकास मोडेलमा लैजान मौरी सहितको घार उद्योग स्थापनाको लागि आवश्यक पर्ने सामाग्रीहरु फेदीखोला कृषि वन उद्यम सहकारी संस्थालाई हस्तान्तरण गरेको बताउनुभयो। कृषि बन् उद्यम सहकारी संस्था अन्य फर्नीचर जन्य सामाग्री उत्पादन गर्ने कम्पनी नरहेको बताउदै उक्त्त सस्थाले चरण बद्ध कार्यहरु सम्पन्न गर्दे जाने अध्यक्ष सुवेदीले बनाउनुभयो । सस्थाले पहिलो चरणमा मौरीको घार निर्माण गरेर अघि बढ्ने र बिस्तारै गाउँपालिका भित्रका संघ संस्था हरुको कार्यक्रम प्रयोग गरिने मायाको चिनो,प्रमाणपत्र,लगायत अन्य सामग्री हरु गाउँपालिका भित्रै उत्पादन गर्दे बाहिर बाट आयात हुने काष्ठ जन्य सामग्री हरु प्रतिबन्ध गरी गाउँपालिका भित्रै कै श्रोत साधनबाट अगी बढ्ने लक्ष्य रहेको अध्यक्ष सुवदीले बताउनुभयो। अध्यक्ष सुवेदीको अनुसार फेदीखोला गाउँपालिकाले गाँउपालिका भित्रका सूचीकृत रहेका ४६ ओटा सामुदायिक वन हरुलाई जोडेर निर्माण गरिएको कृषि बन् उद्यम सहकारीलाईलाई फेदीखोला गाउँपालिकाको समन्वयमा यस आर्थिक वर्ष १ करोड ५० लाख रकम संघीय सरकारबाट काष्ठजन्य फर्निचर सहित अन्य काठका सामाग्रीहरुमा गाउँपालिका आत्मनिर्भर बन्ने नीति बनाउने उदेश्यका साथ बजेट विनियोजन भएकाले उक्क्त सस्थाले जनताको दैनिकी फेर्न सक्ने आधार रहेको बताउदै आम स्थानीयलाई उक्त्त सस्थासंग हातेमाले गर्न अध्यक्ष सुवेदीले आग्रह गर्नुभयो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.