स्याङ्जाको हरिनास गाँउपालिकाले चलाएको शुभ विहानी शुभ सन्देश कार्यक्रम प्रभावकारी बन्दै जान थालेको छ । गाँउपालिकाले शुभ विहानी शुभ सन्देश कार्यक्रम सञ्चालन गरेपछि हरिनास गाँउपालिका भित्रका स्थानीयले हप्ताको छ दिन विहानमा शुभ सन्देश सुन्दै आईरहेका छन् । शुभ विहानी शुभ सन्देश कार्यक्रमको विषयमा जानकारी गराउदै हरिनास गाँउपालिकाका अध्यक्ष खिम मानन्धरले सम्बृद्ध हरिनास सुखी हरिनास बासी बनाउनको निम्ति यो अभियान चालेको बताउनुभयो । घाँस दाउरा,मेला पात,पधेरो तथा सर्बजनिक स्थानमा जनप्रतिनिधिहरुको काम कर्तव्य तथा विकास निर्माणको विषयमा सकरात्मक भन्दा पनि बढी नकरात्मक टिका टिप्पडी बढ्न थालेपछि सुझाब सहितको शुभ विहानी शुभ सन्देश कार्यक्रम सुरुवाती गरेको अध्यक्ष मानन्धरको भनाई छ । करिब दश दिन अगाडी बाट सुरु गरिएको उक्तm कार्यक्रम गाँउपालिका तथा अध्यक्ष मानन्धरको फेसबुक पेज बाट प्रत्यक दिन गाँउपालिकाको भावी योजना सम्बन्धी जानकारी गराईएको छ । अध्यक्ष मानन्धरको अनुसार दैनिक पोष्ट गरिएको कार्यक्रम सम्बन्धी स्थानीयको केही राय सल्लाह तथा जिज्ञसा भएमा क्युआर कोडमा स्क्यान, ह्वाट्सएप र पालिका सचिवालयको फेसबुक पेजबाट आफ्ना समस्या प्रत्यक्ष जनप्रतिनिधिसम्म राख्ने व्यवस्था गरिएको छ । हप्तामा छ दिन संकलन गरीएको राय,साल्लाह तथा जिज्ञसालाई सोही हप्ताको अन्तिम दिन आर्थत शनिबार जनप्रतिनिधिहरुको विषयमा उठेका प्रस्न र योजना सम्बन्धी आफैले जिज्ञसा मेटाउने र कुनै शाखा सम्बन्धित जिज्ञसा रहेमा सम्बन्धीत शाखाले जिज्ञसा मेटाउने व्यवस्था मिलाएको अध्यक्ष मानन्धरको भनाई छ । स्थानीय सरकार भनेको आम नागरिकले सजिले संग भेट्न पाउने,गुनासो गर्न पाउने र आफ्नो जिज्ञसा पस्कन पाउने रहेता पनि भुगोलको हिसाबले अधिकंस नागरिक पालिका सामु आउन नसक्ने हुँदा डिजिटल प्लेट फर्म मार्फत आएका गुनासोलाई सम्बोधन गर्ने व्यवस्था मिलाइएको हो । यो अभियान सञ्चालन गर्दा हरिनास बासी स्थानीयलाई स्थानीय सरकारको अनुभूति हुने नागरिकको गुनासो हट्दै जाने अध्यक्ष मानन्धरले विश्वास व्यत्त गर्नुभयो । । अध्यक्ष मानन्धरको अनुसार यो कार्यक्रम सुरु गरे पस्चात अधिंस नागरिकले नागरिक मैत्री सरकारको अनुभूति गर्दे पृष्टपोष्ण आएको र यसलाई निरन्तरता दिनु पर्ने आम नागरिकको माग रहेकोले स्थानीयको माग अनुरुप यो अभियानलाई निरन्तरता दिने योजना रहेको अध्यक्ष मानन्धरको भनाई छ । कार्यक्रम सुरु भए पस्चात हाल सम्म करिब विस वटा गुनासोहरु आईसकेको र ती मध्य अधिकंस सडक निर्माण तथा मर्मत सम्बन्धी रहेको अध्यक्ष मानन्धरको भनाई छ । कतिपय स्थानीयले गुनासो टिपाउँदा योजनाको नाम,ठेगना र स्थान नराख्दा छिटै समस्या समधान हुने समस्या पनि समधान गर्न नसकेको बताउँदै अध्यक्ष मानन्धरले गुनासो टिपाउदा स्पस्ट योजनाको नाम,ठेगना र टोल लेख्न अनुरोध समेत गर्नुभएको छ । स्थानीय सरकारलाई सुशासन, पारदर्शिता र जवाफदेहिता बनाउन यो अभियान चालिएकोले कुनै दुविधा परेमा बेनामी सन्देश पठाउन पनि सकिने अध्यक्ष मानन्धरको भनाई छ । अध्यक्ष मानन्धरको अनुसार डिजिटल प्लेट फर्म मार्फत आएका कतिपय समस्याहरुको समधान भई सकेको छन् ।
