headline 1अर्थगण्डकी

घुम्ति शेवाको रुपमा सामाजिक सुरक्षा भत्ता नविकरण भएपछि स्थानीय सरकारको महशुस गर्दे हरिनासका स्थानीय

रोशन लामिछाने वालिङ,१५ भदौ

भुगोलको हिसाबले अत्यान्तै नमिलेको र स्याङजाको सरदमुकाम देखी अन्य पालिकाको तुलनामा टाढा रहेको पालिका हो स्याङजाको हरिनास गाउँपालिका । स्थानीय सरकार आउनु पुर्व एक किमि पनि कालोपत्रे नभएको हरिनास गाँउपालिकामा स्थानीय सरकार आए पस्चात शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधार देखि मानव संसाधनमा पनि उत्तिकै महत्व दिदै सम्बृद्ध हरिनासको निम्ति अगाडी बढेको छ । स्थानीय सरकारले गर्नु पर्ने भुमिका माथी कमी भएको जनगुनासे आए पस्चात शुभ विहानी शुभ सन्देश तथा सिधा गुनासो अध्यक्ष संग कार्यक्रम ल्याएका हरिनासका अध्यक्ष खिम मानन्धरले जनताको माग आए अनुसार जनताको सहजताको निम्ति घुम्ती सामाजिक सुरक्षा भत्ता नविकरण अभियान चालेको बताउनु भएको छ । अध्यक्ष मानन्धरको अनुसार घेरै हरिनास बासी स्थानीयहरु सामाजिक सुरक्षा भत्ता नविकरण गर्न टाढा टाढा देखि पालिका सम्म आउने तर बर्षादको समय कहिले बाटो बिग्रने समस्या त कहिले सामाजिक सुरक्षा नविकरण गर्ने वेवसाइट डाउन हुने समस्याले अधिकंस स्थानीयले समयमै सेवा नपाएकोले पालिबाट टोलि खटाएर लाभग्राहिहरु बस्दै आएका स्थानमा पुगी सामाजिक सुरक्षा भत्ता नविकरण गर्न लागिएको मानन्धरको भनाई छ । अध्यक्ष मानन्धरको अनुसार हरिनास गाउँपालिकाले सूचनानै प्रकासित गरेर लाभग्राहिहरु भएको सहरमै पुगेर सेवा दिन लागेकोले सूचनामा उल्लेख भएको ठाउँमा उपस्थित हुन अनुरोध गरेको छ । पालिकाले निकालेको सुचनामा केही अस्पस्ट भएमा वा केही जिज्ञसा रहेमा सम्बन्धित वडा अध्यक्ष वा स्वयम आफुलाई फोन गरि जानकारी लिन सक्ने पालिका अध्यक्ष मानन्धरको भनाई छ । अध्यक्ष मानन्धरको अनुसार सामाकि सुरक्षा भत्ता नविकरण अभियानको निम्ति पालिकाको टोली भदौ १६ गते पोखरा,१७ गते चितवन र १८ गते बुटवल जाने तालिका रहेकोले सम्बन्धित स्थानमा रहेका सेवाग्राहीहरुले तोकिएको मितिमा सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धि सेवा लिन सक्ने अध्यक्ष मानन्धरको भनाई छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.